शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • तीन वटा शैक्षिक सस्थामा अनेरास्ववियुको कमिटि विस्तार

    समिकरण २०७८, ६ पुष मंगलवार ०९:२१ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भादृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नुवाकोटले ३ वटा शैक्षिक सस्थामा कमिटि विस्तार गरेको छ ।
    वेलकोटगढी नगरपालिकामा अवस्थित १ वटा क्याम्पस र २ वटा विद्यालयमा सोमवार कमिटि विस्तार गरिएको हो । वेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेमा अवस्थित महादेव बहुमुखी क्याम्पसमा प्रविन अधिकारीको अध्यक्षतामा ३१ सदस्यीय क्याम्पस कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा निरुता पौडेल, सचिवमा रुपक खतिवडा, उपसचिवहरुमा सम्झना भण्डारी, विनिता श्रेष्ठ र कोषध्यक्षमा पूजा नेपाल चयन भएका छन् ।


    यस्तै वडा नम्बर ७ मा नै अवस्थित शिलादेबी माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा वाली विज्ञान तहमा अध्ययनरत विद्यार्थीहरु मध्येबाट निराजन गजुरेलललाई अध्यक्षमा चयन गरिएको छ । कमिटिको उपाध्यक्षमा अनुपमा रिजाल, सचिवमा रञ्जना अधिकारी, उपसचिवहरुमा स्वस्तिका लामिछाने, रञ्जिता गजुरेल र कोषाध्यक्षमा अनिशा अधिकारी चयन भएका छन् । कमिटिमा २१ रहेको अनेरास्ववियु नुवाकोट जिल्ला कमिटी सचिव प्रशान्त जङ पाण्डेले जानकारी दिनुभएको छ ।


    यस्तै वेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा रहेको महादेव माध्यमिक विद्यालयमा पनि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को कमिटि निर्माण गरिएको छ । कुशप्रसाद नेपालको अध्यक्षतामा २५ सदस्यीय कमिटि निर्माण गरिएको हो । कमिटिको उपाध्यक्षमा अनिल नेपाल, शर्मिला नेपाली, सचिवमा प्रदिप दर्लाङ्गी मगर, उपसचिवहरुमा सुमन तामाङ, सबिन लुङ्गेरी मगर र कोषाध्यक्षमा देवकी भट्टराई चयन भएका छन् ।
    ती विद्यालय तथा क्याम्पसमा कमिटि विस्तार गर्नलाई अनेरास्ववियु नुवाकोट जिल्ला कमिटी सचिव प्रशान्त जङ पाण्डे, जिल्ला कमिटी कार्यालय सदस्यहरु श्रीकृष्ण खतिवडा, प्रदीप नेपाल लगायतको सहभागिता रहेको थियो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया