महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल नुवाकोटको अध्यक्षमा पुनः अञ्जली पाण्डे चयन हुनुभएको छ ।
मंगलवार सम्पन्न ११ औ वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनले पाण्डेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । सञ्जालको उपाध्यक्षमा विन्दुमाया तामाङ, सचिवमा गमला लामा र कोषाध्यक्षमा लक्ष्मी घिमिरे चयन भएका छन् । यस्तै सदस्यहरुमा राममाया न्यौपाने, अस्मिता थापा, विना खाती, रोजिना पाण्डे, सन्तोषी केसी, ज्ञानु थापा श्रेष्ठ, कमला नेपाल, धनकुमारी रिजाल, सुजना खतिवडा, अञ्जु पाण्डे र सुशिला पौडेल चयन भएका छन् । यस्तै सञ्जालको सल्लाहकारहरुमा विन्दा अर्याल, शोभा श्रेष्ठ र देवकी पौडेल रहेका छन् ।
महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जालले लैङ्गिक हिंसा रहित समाज स्थापनाको लागि सक्रिय रुपमा काम गरिरहेको अध्यक्ष अञ्जली पाण्डेले बताउनुभएको छ । पुरुष र महिलालाई समान हक अधिकारको लागी पैरवी गर्ने सञ्जालको मुख्य काम रहेको उहाँको भनाई रहेको छ । राज्यले महिलाहरुको लागि संरक्षण गरेको सेवा सुबिधाहरु विशेष गरी पहुँच बाहिर रहेकाहरुसम्म पुराउनलाई मदत गर्दै जाने अध्यक्ष पाण्डेले कताउनुभएको छ ।