शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • जिल्ला समन्वय समिति नुवाकोटको साझेदारीमा निर्माण भइरहेको संरचनाहरु सम्पन्नताको चरणमा

    समिकरण २०७८, ८ पुष बिहीबार २०:५४ पढ्न लाग्ने समय 2 मिनेट

    साविक जिल्ला विकास समितिमा रहेको १६ करोड रुपैयाँ जिल्ला समन्वय समितिको मौज्दात कोषमा जम्मा भएको थियो । मौज्दात कोषमा रहेको रकम पूर्वाधार निर्माण अन्तर्गत रहेर स्थानीय तहको कार्यलय, वडा कार्यलय, सामुदायिक विद्यालयको भवन, स्वास्थ्यको भवन निर्माणको साथै खानेपानीको क्षेत्रमा लगानी गर्नलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यविधि तयार गरेको थियो ।
    सोही कार्य विधि अनुसार जिल्लाको २१ वटा वडा कार्यलय भवन, १ वटा स्वास्थ्य सस्थाको भवन, ५ वटा स्थानीय तहको भवन, १ वटा वेद विद्या आश्रम र ४ वटा स्थानीय तहको खानेपानीको क्षेत्रमा आर्थिक सहयोग गरिएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जानकारी दिनुभएको छ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तामाङको अनुसार दुप्चेश्वर गाउँपालिकाको ४ वटा, शिवपुरी गाउँपालिकाको २ वटा, तादी गाउँपालिकाको २ वटा, लिखु गाउँपालिकाको ४ वटा, सूर्यगढी गाउँपालिकाको १ वटा, विदुर नगरपालिकाको ५ वटा, र वेलकोटगढी नगरपालिकाको ३ वटा वडाको भवन स्थानीय तहको साझेदारीमा निर्माण गर्ने गरी मौज्दात कोषमा रहेको रकम विनियोजन गरिएको थियो । यस्तै शिवपुरी गाउँपालिका, तादी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्नलाई आर्थिक सहयोग जिल्ला समन्वय समितिबाट गरिएको थियो । त्यस मध्ये शिवपुरी गाउँपालिका र तादी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह गर्न थालिसकेको छ । दुप्चेश्वर, म्यागङ र किस्पाङको भवन निर्माण कार्य जारी रहेको छ ।
    यस्तै कविलासमा अवस्थित वेद विद्या आश्रम, दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ मा स्वास्थ्य चौकीको भवन, सूर्यगढी, पञ्चकन्या, शिवपुरी र विदुरमा खानेपानीको योजनामा बजेट विनियोजन गरिएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताउनुभएको छ । मौज्दात कोषमा करिव १ करोड रुपैयाँ रहेकोले छिट्टै वैठक वसेर मागको आधारमा बजेट विनियोजन गरिने तामाङले बताउनुभएको छ ।

    वेलकोटगढी नगरपालिका वडा नम्बर २ बाट प्रवाह भइरहेको सेवाको बारेमा जानकारी लिनुहुदै जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख सन्तमान तामाङ


    जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको रकमको सहयोगमा निर्मित विभिन्न पूर्वाधारको संरचनाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाले बताउनुभएको छ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तामाङ, उपप्रमुख थापा र समन्वयन अधिकारी राजकपुर चौलागाई लगायतको टोलीले वेलकोटगढी नगरपालिकाको ३ वटा वडाको अनुगमन गरेको छ । अनुगमनको क्रममा वडा नम्बर २ र ३ को भवनको निर्माण कार्य सम्पन्न भइसकेको र नयाँ भवनबाट वडाहरुले सेवा प्रवाह गर्नलाई थाल्ने जानकारी प्राप्त भएको जिल्ला समन्वयन अधिकारी राजकपुर चौलागाईले बताउनुभएको छ । वडा नम्वर ६ ले भने केही महिना अगाडीदेखि नै नयाँ भवनबाट सेवा प्रवाह गर्न थालिसकेको छ ।

    वेलकोटगढी नगरपालिका वडा नम्बर ६ को कार्यलय


    भाडाको घरबाट वडा कार्यलय सञ्चालन गर्दा कर्मचारीकै लागि प्रयाप्त ठाउँको अभाव भइरहेकोले सेवा ग्राहीलाई समेत सेवा दिन समस्या हुने गरेको वेलकोटगढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रमेश न्यौपानेले बताउनुभएको छ । केही समय पछि नयाँ भवनबाट सेवा प्रवाह गर्र्ने तयारीमा रहेकोले ती समस्याहरु हट्ने वडा अध्यक्ष न्यौपानेले बताउनुभएको छ ।

    वेलकोटगढी नगरपालिका वडा नम्बर ३ को नवनिर्मित भवन

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया