सर्मिला थापा, वट्टार । रुम टु रिड पढ्नको लागि कोठाको बालिका शिक्षा कार्यक्रम नुवाकोटले कोशिश नेपाल र स्थानीय तहहरुसँगको सहकार्यमा मानसिक स्वास्थ्य सम्वन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आत्महत्या रोकथामका लागि शिक्षक र अभिभावकहरुलाई सहभागी गराई शैक्षिक कार्यक्रम संचालन गर्न थालिएको हो । हाल सम्म विदुर नगरपालिका वडा नम्बर २ मा रहेको भैरवी माध्यमिक विद्यालय, वडा नम्बर ५ मा रहेको चन्द्रज्योति माध्यमिक विद्यालय र च्वाडी माध्यमिक विद्यालय, चौघडामा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिसकिएको छ । बालिका शिक्षा कार्यक्रम संचालन भई रहेको थप ९ वटा विद्यालयमा उक्त कार्यक्रम गरिने बालिका शिक्षा कार्यक्रम नुवाकोटका कार्यक्रम सहायक आकृती रिमालले जानकारी दिनुभएको छ । अभिमुखिकरण कार्यक्रममा मानसिक स्वास्थ्य, मानसिक स्वास्थ्य समस्या पछि हुने घटना साथै अत्महत्या रोकथामका लागि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउने गरिएको रिजालले जानकारी दिनुभएको छ ।
अभिमुखिकरण कार्यक्रम पश्चात सहभागिहरुले आत्महत्या सम्वन्धी अवधारणा, सहयोग र न्युनिकणमा आफ्नो र परिवारको भूमिका बारेमा जानकारी प्राप्त गरेका छन् । आत्महत्याको सोच बनाईराखेका व्यक्तिले समयमै मनोविमर्शकताको सहयोग पाउन सकेमा आत्महत्या रोकथाम र न्युनिकरण गर्न सकिने कोशिश नेपालका साईक्लोजीस्ट सफल सापकोटाले बताउनुभएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार बर्षेनी करीब आठ लाख भन्दा बढी ब्यक्तिहरुले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन् ।
जस्मा ७० बर्ष उमेर माथीका समुहले बढी आत्महत्या गर्ने गरेको र १५ देखि २९ बर्ष उमेर समुह दोस्रो आत्महत्या गर्ने समुह भित्र रहेको तथ्य रहेको छ । नेपालमा १६ प्रतिश मृत्यू आत्महत्याको कारण हुने गरेको बताइएको छ ।