मंगलबार, २४ साउन २०७९
  • adarsha computer nuwakot
  • सम्झौता अनुसारको काम नपाएको वैदेशिक रोजगरीमा गएका नागरिकहरुको गुनासो

    समिकरण २०७८, ८ पुष बिहीबार २१:४७ पढ्न लाग्ने समय 2 मिनेट

    वैदेशिक रोजगरीमा गएका नागरिकहरुले सम्झौता अनुसारको काम नपाएकोे भन्दै आप्रवासी श्रोत केन्द्र नुवाकोटमा गुनासो गर्ने गरेका छन् ।
    सुरक्षित वैदेशिक रोजगारका विषयमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक वर्षको मंसिरसम्ममा १९ वटा प्राप्त गुनासोहरु मध्ये १२ वटा सम्झौता अनुसारको काम नपाएकोे भन्ने रहेको जानकारी गराइएको छ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको सहयोगमा जिल्लाको विदुर नगरपालिका, वेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका र शिवपुरी गाउँपालिकामा स्थानीय तहको सहयोगमा सामी परियोजना सञ्चालन भइरहेको छ । तर आप्रवासी श्रोत केन्द्रमा जिल्लाभरबाट वैदेशिक रोजगारमा गएकाहरुले गुनासो गर्न पाउने छन् । चालु आर्थिक वर्षको मंसिरसम्ममा १२ जनाले सम्झौता अनुसारको काम नपाएकोे, २ जना जेल परेको, १ जनाको वैदेशिक रोजगारकै क्रममा मृत्यु भएको, २ जना सम्पर्क विहिन भएको र २ जनामा मेडिकल सम्वन्धी समस्या भएको भन्ने जानकारी आप्रवासी श्रोत केन्द्रलाई प्राप्त भएको परियोजनाका कार्यक्रम संयोजक नीरु सूचिकारले जानकारी दिनुभएको छ ।
    परियोजनाले सुरक्षित वैदेशिक रोजगारीको लागि सूचना र परामर्श दिने, वैदेशिक रोजगारमा गएका परिवारका सदस्यहरुलाई मनोपरामर्श दिने, वितिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने लगायतका कामहरु गर्दै आइरहेको कार्यक्रम संयोजक सूचिकारले बताउनुभएको छ ।
    अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्नुहुदै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले सिप सिकेर मात्र वैदेशिक रोजगारमा जानको लागि आग्रह गर्नुभएको छ । वैदेशि रोजगारीमा जान छाडेर आफ्नै स्थानीय स्तरमा युवाहरुलाई स्वरोजगार बनाउनलाई नगरपालिकाले निति तथा कार्यक्रम मार्फत प्रोत्साहनका गतिविधिहरु सञ्चालन गरिरहेको बताउनुभएको छ । नेपाली समाजको वाध्यात्मक परिस्थिति वैदेशिक रोजगारी रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले वैदेशिक रोजगारको नाममा नेपालीले नेपालीलाई नै ठगि गर्ने प्रवृति रहेको बताउनुभएको छ । वैदेशिक रोजगारीबाट प्राप्त रकम उत्पादन हुने क्षेत्रमा लगानी र वैदेशिक रोजगारीबाट फर्किएकाहरुले सिपको सहि रुपमा सदुपयोग गर्नलाई प्रमुख प्रशासकीय अधिकृत मरासिनीले आग्रह गर्नुभएको छ ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं अधिवक्ता नवदीप श्रेष्ठले वैदेशिक रोजगार सम्वन्धी केही कानुनी तथा वैदेशिक रोजगारीको सवालमा सञ्चारकर्मीको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । स्वदेशमा नै रोजगारीको सिर्जना गराउने वातावरण बनाउन प्रेरित गराउने समाचारलाई प्राथमिकता दिन सकियो भने वैदेशिक रोजगारीको कारण पारिवारिक रुपमा आइपर्ने विखण्डनमा न्यूनिकरण हुने अधिवक्ता एवं पत्रकार श्रेष्ठको भनाई छ ।
    जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएका सेवाग्राहीहरुलाई सुरक्षित वैदेशिक रोजगारको विषयमा प्रयाप्त मात्रमा सूचना र जानकारी गराउने गरेको छ । नुवाकोटबाट राहदानी बनाउने मध्ये महिला ३६ प्रतिसत र पुरुष ६४ प्रतिसत रहेका छन् । वागमती प्रदेशको जिल्लाहरु मध्येबाट वैदेशिक रोजगारमा जाने महिलाहरुको अनुपात अनुसार सिन्धुपाल्चोक पहिलो, काभ्रेपलाञ्चोक दोश्रो र नुवाकोट तेश्रो स्थानमा पर्ने सामी परियोजनाले जनाएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया