शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटका ३ कृषकलाई “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कर” प्रदान

    समिकरण २०७८, ९ पुष शुक्रबार २१:२४ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोटका ३ जना कृषकलाई “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कर” प्रदान गरिएको छ ।
    कृषि ज्ञान केन्द्र नुवाकोटले आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत रहेर उनीहरुलाई नगद पुरस्कार प्रदान गरिएको हो । पुरस्कार प्राप्त गर्ने कृषकहरुमा म्यागङ गाउँपालिका वडा नम्बर ३ मा रहेको वाईबा कृषि फर्मका सञ्चालक प्रकाश तामाङ, वेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा रहेको अधिकारी रेम्बो ट्राउट माछा पालन फर्मका सञ्चालक हरिप्रसाद अधिकारी र ककनी गाउँपालिका वडा नम्बर ७ मा रहेको चतुराले कृषि फर्म प्रा.लिका सञ्चालक वलराम पाठक रहेका छन् ।
    उनीहरुलाई प्रमाणपत्र सहित १५ हजार रुपैयाँ प्रदान गरिएको कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख केशव खनालले जानकारी दिनुभएको छ ।
    पुरस्कार वितरण कार्यक्रमलाई संवोधन गर्नुहुदै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नेपाललाई कृषि प्रधान देश भनिएता पनि कृषि उपजहरु बाहिरी मुलुकबाट आयात गर्नु पर्ने अवस्था अन्त्यको लागि कृषहरुले उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । कृषिबाटै आर्थिक रुपमा सम्पन्न बन्ने राज्यको परिकल्पना रहेको भन्दै उहाँले उत्पादनको क्षेत्र बढाएर मागलाई धान्न सक्ने बनाउनु आवस्यक रहेको बताउनुभएको छ । निर्वाहमुखि खेती प्रणालीलाई विस्थापित गर्दै व्यवसायिक रुपमा अघि बढ्न सामुहिक खेती प्रणालीले सहयोग गर्ने जिसस प्रमुख तामाङको भनाई छ । सरकारले कृषि क्षेत्रमा प्रयाप्त अनुदानका कार्यक्रमहरु ल्याएकोले अनुदान प्राप्त कृषकहरुले कसरी काम गरिरहेको छ भन्ने विषयमा अनुगमनको खाचो रहेको उहाँले बताउनुभएको छ ।
    व्यक्तिगत किसानलाई भन्दा पनि फर्म, समूह तथा सहकारी मार्फत कृषि पेशालाई आर्थिक तथा प्राविधिक रुपमा सहयोग गर्ने राज्यको निति रहेको कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख केशव खनालले बताउनुभएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया