बुधबार, १५ असार २०७९
  • adarsha computer nuwakot
  • एक वर्षमा ३६ वटा मानव अधिकार उल्लङ्घनका घटनाहरु प्रहरी कार्यलयमा दर्ता

    समिकरण २०७८, ९ पुष शुक्रबार २२:०७ पढ्न लाग्ने समय 2 मिनेट


    अंग्रेजी वर्ष २०२१ को जनावरीदेखि हाल सम्म नुवाकोटमा ३६ वटा मानव अधिकार उल्लङ्घनका घटनाहरु प्रहरी कार्यलयमा दर्ता भएका छन् ।
    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नुवाकोटले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ वार्षिक पूर्व समीक्षा कार्यक्रममा वर्ष भरी जिल्लामा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरुको बारेमा जानकारी गराइएको थियो । इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठको अनुसार नुवाकोटमा बलत्कारका घटनाहरु १६ वटा भएको छ । त्यसबाट ६ जना महिला र १० जना बालिका पिडित रहेका छन् । यस्तै १ वटा घटना बाल यौन दुव्र्यवहारको रहेको छ । उक्त कार्यक्रममा जानकारी गराइएको तथ्यांक अनुसार ६ जना महिला र ४ जना बालिका माथी बलत्कारको प्रयास भएको थियो । यस्तै वहुविवाहको घटना ३ वटा, हत्याको घटना ५ वटा र बालविज्याईको घटना १ वटा रहेको इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले जानकारी गराउनुभएको छ ।
    जवर्जस्ती करणी भएको, जवर्जस्ती करणीको लागि प्रयास भएको, यौन दुव्र्यवहार, बोक्सी आरोप, बहुविवाह, बाल विवाह, हत्या लगायत मानव अधिकार उल्लङ्घनका घटना, मुद्धा दर्ता, अदालती प्रक्रिया र फैसला भएको मिति लगायतको सम्पूर्ण विवरण वर्ष पुस्तकमा समावेस नभएता पनि तथ्यांक समावेस गर्ने गरिएको श्रेष्ठले बताउनुभएको छ ।
    नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ वार्षिक पूर्व समीक्षा कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यलय नुवाकोटका जिल्ला न्यायाधिवक्ता टेकराज भुसालले सम्मान सहित बाच्ने अधिकार सुनिश्चित गर्न सकियो भने मानव अधिकारका घटनाहरु न्यूनिकरण हुदै जाने बताउनुभएको छ । साथै उहाँले कानुन व्यवसायमा सेवाग्राही मैत्री वातावरण हुनु आवस्यक रहेको बताउनुभएको छ । पिडितलाई क्षतीपूर्ति सहितको न्याय दिलाउन न्यायलय तल्लिन रहेको जिल्ला न्यायाधिवक्ता टेकराज भुसालको भनाई छ ।
    यस्तै जिल्ला अदालत बार यसोसियसनका अध्यक्ष राजाराम थपलियाले अदालत, सरकारी वकिल कार्यलय, बार यसोसियसन सँगसँगै रहेकोले पिडितलाई न्याय दिने काममा कुनै कन्जुस्याई नभएको बताउनुभएको छ । यस्तै जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी निरिक्षक जनार्दन घिमिरेले मानव अधिकार उल्लङ्घनको घटनाहरु प्रत्यक्ष रुपमा जोडिने भएकोले अनुसन्धानको क्रममा सबै पक्षको साथ आवस्यक रहेको बताउनुभएको छ ।
    कार्यक्रममा जिल्ला अदालत बार यसोसियसनका पूर्व अध्यक्ष देवराज कडेलले बढ्दो आधुनिकिकरणले अपराधका प्रकृतिहरुमा परिवर्तन आइरहेकोले त्यसको विषयमा समुदायलाई सचेत गराउन सकिएमा मानव अधिकार उल्लङ्घनका घटनाहरुमा न्यूनिकरण गर्न सकिने बताउनुभएको छ ।

    #अपराध

    फेसबुक प्रतिक्रिया