शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • “संगम हाजिरिजवाफ प्रतियोगिता २०७८”मा विन्दुकेशर मावि विजयी

    समिकरण २०७८, १० पुष शनिबार ०७:५९ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर नगरपालिका वडा नम्बर ४ वट्टारमा रहेको संगम बचत तथा ऋण सहकारी सस्था लिमिटेडले जिल्ला स्तरीय हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गरेको छ ।
    सहकारीको २५औँ वार्षिक उत्सव एवं संगम रजत महोत्सवको अवसरमा सहकारीले शुक्रवार जिल्ला स्तरीय मावि “संगम हाजिरिजवाफ प्रतियोगिता २०७८” सञ्चालन गरेको हो । त्रिभवन त्रिशुली माध्यमिक विद्यालयको प्रांगणमा भएको प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएको थियो । जस मध्ये विन्दुकेशर माध्यमिक विद्यालय टक्सार पहिलो, स्पार्कल इन्टरनेशनल स्कुल कोलनी दोश्रो र चन्द्रज्योती माध्यमिक विद्यालय तेश्रो भएको छ ।


    प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई सहकारीको २५औँ वार्षिक उत्सव एवं संगम रजत महोत्सवको अवसरमा नगद रुपैयाँ पुरस्कार प्रदान गरिने सहकारीका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताउनुभएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया