शुक्रबार, २३ मंसिर २०७९
  • adarsha computer nuwakot
  • गोसाइँकुण्ड युवा क्लबको अध्यक्षमा सुवास डङ्गोल चयन

    समिकरण २०७८, १० पुष शनिबार २०:३९ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर नगरपालिका वडा नम्बर १० मा बेत्रावती बजारमा अवस्थित गोसाइँकुण्ड युवा क्लबको नयाँ नेतृत्व चयन गरिएको छ ।
    शनिवार सम्पन्न २५ औं बार्षिक साधारणसभा तथा अधिबेशन मार्फत सुवास डङ्गोल (दिपु)लाई अध्यक्षको जिम्मेवारी दिइएको छ । डङ्गोलको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो । क्लवको उपाध्यक्षमा रोजिना डङ्गोल, कोषाध्यक्षमा बिबश डङ्गोल, सचिवमा ईश्वर थापा, सहसचिवमा सुजन लवट चयन भएका छन् । यस्तै सदस्यहरुमा पुर्णलाल डङ्गोल, सुरेशबाबु डङ्गोल, सस्मिता तामाङ , पुर्णबहादुर डङ्गोल, ज्ञानबहादुर डङ्गोल र रजनी डङ्गोल रहेका छन् ।
    विसं २०५३ सालमा स्थापना भएको गोसाइँकुण्ड युवा क्लवले वेत्रावती बजार क्षेत्रको हक हितको लागि निरन्तर सामाजिक कार्य गर्दै आइरहेको छ । क्लवको २५औं वार्षिक साधारणसभा तथा अधिबेशनमा विदुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गणेश नेपाल, संस्थापक अध्यक्ष अष्टमान डङ्गोल, पूर्व अध्यक्ष सुरज लवट तथा पुर्णबहादुर डङ्गोल, समाजसेवी मङलदास लवट, ईश्वरलाल श्रेष्ठ, सोमलाल लवट लगायतले मन्तव्य राखेका थिए ।
    यस्तै क्लवको नयाँ नेतृत्व चयन हुनु अघि कोषाध्यक्ष बिबश डङ्गोलले गत आर्थिक वर्ष २०७७÷०७८ मा भएको आर्थिक कारोबार अनुसारको बार्षिक लेखापरीक्षण बिवरण र अध्यक्ष ज्ञानकुमार डङ्गोलले बार्षिक गतिविधि तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया