शुक्रबार, ७ माघ २०७८
  • adarsha computer nuwakot
  • फोनिज धादिङको अध्यक्षमा श्रेष्ठ

    समिकरण २०७८, १० पुष शनिबार २१:०२ पढ्न लाग्ने समय < 1 मिनेट

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ चयन हुनु भएको छ ।
    ‘समावेशी लोकतन्त्रको आधार, पूर्ण समावेशी सञ्चार’ भन्ने मूल नाराका साथ सम्पन्न चौथो अधिवेशनबाट श्रेष्ठ निर्विरोध चयन हुनुभएको हो । अध्यक्ष श्रेष्ठ रेडियो धादिङ १०६ मेगार्जमा र नयाँ पत्रिका दैनिकका धादिङ समाचारदाताको रुपमा कार्यरत रहनुहुन्छ । कार्यसमितिको उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा रेखबहादुर गुरुङ, कोषाध्यक्षमा राजकुमार शाक्य, सहसचिवमा सुस्मिता श्रेष्ठ चयन भएका छन् ।
    त्यस्तै, सदस्यहरूमा राजाराम डंगोल, विनोद तमु, कल्पना श्रेष्ठ, सनिता चेपाङ, पवित्रा थापा मगर र वीरमान तामाङ चयन भएका छन् । त्यस्तै, प्रदेश प्रतिनिधिमा शंकर श्रेष्ठ, सन्तोषराज श्रेष्ठ, दोलख गुरुङ, डोल्मा मम्बा, पर्यवेक्षकमा लक्ष्मी भुजेल तथा संघमा उद्दव चेपाङ र अनिता शाक्य चयन भएका छन् ।
    नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जिल्लामा रहेका आदिवासी जनजाति पत्रकारहरूको हकहितमा काम गर्ने बताउनुभएको छ । पछिल्लो समय पत्रकारितामा प्रवेश गर्दै छाड्दै गर्ने क्रम बढेकोले पत्रकारितामा भविष्य खोज्दै गरेकालाई दिगो व्यवस्थापनमा जोड गर्ने उहाँको भनाई छ । आदिवासी जनजातिका सवाल जनजाति पत्रकारले नै जोडदार उठाउनु पर्ने उहाँले बताउनुभएको छ । त्यसका लागि जनजाति पत्रकारलाई सक्रिय बनाउन फोनिज धादिङले भूमिका खेल्ने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया