शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • बट्टार युथ क्लवको अध्यक्षमा सुरज श्रेष्ठ चयन

    समिकरण २०७८, ११ पुष आईतवार १०:४६ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोटकाे बिदुर नगरपालिका वडा नम्बर २ र ४ मा विभिन्न सामाजिक कार्य गर्दै आएको बट्टार युथ क्लवको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनले सुरज प्रसाद श्रेष्ठकाे अध्यक्षयतामा नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेकाे छ । समितिकाे उपाध्यक्षमा सरोज श्रेष्ठ, सचिबमा सनिश अधिकारी,सह सचिबमा सफि खान, कोसाध्यक्षमा दिल कुमारी गिरि चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा बिकाश अर्याल,रामेशोर पाण्डे, बिनोदराज अधिकारी, किरण जी सी, उसनमान श्रेष्ठ, लोकेश प्रधान, सन्तोष अधिकारी, रबिन्द्र चालिसे, मनोज तामाङ्ग, नबराज तामाङ्ग, कृष्ण लक्ष्मी मास्के, सुबिना श्रेष्ठ, उर्मिला श्रेष्ठ रहेका छन् । बट्टारमा हुँदै आएको सामाजिक तथा सास्कृतिक कार्यक्रमहरुलाई अझै प्रभाबकारि बनाउन सहजिकरण गर्ने, बट्टारबासिकाे माग र आवस्यकतालाई ध्यान दिई विभिन्न सामाजिक कार्यहरु गर्दै जाने क्लवको मुख्य याेजना रहेकाे नबनिर्बाचित अध्यक्ष सुरज श्रेष्ठले बताउनु भएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया