शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • पुस २३ मा नेकपा एमाले नुवाकोटले जिल्ला अधिवेसन गर्ने

    समिकरण २०७८, १२ पुष सोमबार १३:३८ पढ्न लाग्ने समय < 1 मिनेट

    बट्टार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोटले यहि पुस २३ गते जिल्ला अधिवेसन गर्ने निर्णय गरेको छ ।
    पार्टी कार्यालय विदुरमा भएको नेकपा (एमाले) नुवाकोटको १८ औँ बैठकले पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेसनको तयारी गर्नलाई विभिन्न ७ वटा समिति समेत गठन गरेको छ । वैठकले आवास तथा खाद्य समिति, प्रचार समिति, आर्थिक समिति, मञ्च व्यवस्थापन समिति, प्रतिनिधि व्यवस्थापन समिति, स्वयंसेवक व्यवस्थापन समिति र प्रतिवेदन लेखन समिति गठन गरेको हो ।
    विष्णु लोहनीको संयोकत्वमा आवास तथा खाद्य समिति, बद्री मैनालीको संयोजकत्वमा प्रचार प्रसार समिति, काशिराज अधिकारीको संयोजकत्वमा आर्थिक समिति, दीपक कायस्थको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, बुद्धि प्रधानको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति, प्रज्वल सापकोटाको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति र नारायण खतिवडाको संयोकत्वमा प्रतिवेदन लेखन समिति गठन गरिएको छ ।
    यहि पुस १७ गते ८८ वटा वडामा एकै दिन प्रतिनिधि छनौट गर्ने वैठकले निर्णय गरेको छ । प्रतिनिधि छनौटका लागि तीन आधार तय गरिएको छ । जसमा खुला २५ बराबर १ प्रतिनिधि, महिला २० बराबर १ प्रतिनिधि चयन हुनेछन । त्यस्तै दलित १५ बराबर १ प्रतनिधि हुने र त्यसमा ३३ प्रतिशत महिला अनिवार्य र भुगोल पालिका हुने बताइएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया