शुक्रबार, ७ माघ २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटको लागि २ सय ९९ जना शिक्षकको माग

    समिकरण २०७८, १४ पुष बुधबार १९:२७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । शिक्षक सेवा आयोगले नुवाकोटको लागि २ सय ९९ जना शिक्षकको पदमा विज्ञापन खुलाएको छ ।
    शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदमा विज्ञापन खुलाएको हो । खुला गरिएको विज्ञापन अनुसार खुला १ सय ६४, महिला तर्फ ४३, दलित महिला तर्फ १, मुस्लिम महिला तर्फ १ र आदिवासी÷जनजाति तर्फ ३६ जना शिक्षकको माग गरिएको छ । यस्तै मधेसी तर्फ ३०, दलित तर्फ १२, अपांगतर्फ ७ र पिछडिएको क्षेत्रबाट ५ जना शिक्षकको माग गरिएको छ ।
    शिक्षक सेवा आयोगले वागमती प्रदेशको लागि २ हजार ५ सय २३ जना शिक्षकको माग गरेको छ । दोलखामा २ सय ५१, रामेछापमा १ सय ५४, सिन्धुलीमा २ सय ६५, सिन्धुपाल्चोकमा ३ सय १६, रसुवामा ६३ र नुवाकोटमा २ सय ९९ जना शिक्षकको लागि विज्ञापन खुला गरिएको हो । यस्तै धादिङमा २ सय २५, काभ्रेपलाञ्चोकमा ३ सय २२, मकवानपुरमा ३ सय ३३ र चितवनमा २ सय ९५ जना शिक्षकको माग गर्दै शिक्षक सेवा आयोगले विज्ञापन खुलाएको छ ।
    यस्तै प्रदेश १ मा ३ हजार ३ सय ३२, प्रदेश २ मा १ हजार ३ सय २५, वाग्मतीमा २ हजार ५ सय २३, गण्डकीमा २ हजार २ जनाका लागि विज्ञापन गरिएको छ । त्यस्तै लुम्बिनीमा २ हजार ६०, कर्णालीमा ८ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १९ पदमा विज्ञापन माग गरिएको छ । खुला तथा समावेशी पदमा प्रतियोगितात्मक परीक्षामाफर्त स्थायी पदपूर्ति गर्न विज्ञापन माग गरिएको आयोगले जनाएको छ । योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त दिन सक्नेछन् । योग्यता पुगेका इच्छुकले online.tsc.gov.np बाट आवेदन दिन सक्नेछन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया