आइतबार, २२ साउन २०७९
  • adarsha computer nuwakot
  • त्रिशुली अस्पताल देशभरकै उत्कृष्ट बन्न सफल

    समिकरण २०७८, १४ पुष बुधबार १९:४३ पढ्न लाग्ने समय < 1 मिनेट


    विदुर । नुवाकोटको त्रिशुली अस्पताल फेरि देशभरकै उत्कृष्ट बन्न सफल भएको छ ।
    अस्पतालमा बुधवार बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले आयोजना गरेको कार्यक्रममा त्रिशुली अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अंक ल्याई देशैभरिको पहिलो अस्पताल भएको जानकारी गराइएको हो । त्रिशुली अस्पतालले न्यूनतम सेवा मापदण्डमा ९४ अंक प्राप्त गरेको छ । यो नेपालकै अस्पतालहरुको सेवा गुणस्तर र अन्य सेवा मापदण्डको सबै भन्दा धेरै हो ।
    जिल्ला अस्पतालमा आइसियु सञ्चालन हुने भन्ने असम्भव जस्तै रहेको नेपालको अवस्थामा त्रिशुली अस्पतालले व्यवस्थित रुपमा आइसियु सञ्चालन गर्नु देशभरका स्वास्थ्य संस्थाको लागि आशा लाग्दो सन्देश रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेले बताउनुभएको छ । अस्पतालको अहिले भौतिक संरचनादेखि सेवा प्रदानमा समेत त्रिशुली अस्पताल लोभ लाग्दो प्रगति भएको उहाँको भनाई छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया