शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • कोरोना भाइरस संक्रमण मुक्त जिल्ला बन्यो नुवाकोट

    समिकरण २०७८, १४ पुष बुधबार १९:४८ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोट कोरोना भाइरस संक्रमण मुक्त जिल्ला बनेको छ ।
    मंगलवारसम्म २ जना सक्रिय संक्रमित रहेकोमा वुधवार उनीहरु संक्रमण मुक्त भएसँगै नुवाकोटमा संक्रमण मुक्त जिल्ला बनेको हो । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १४ जनाको नमुना परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ प्राप्त भएको स्वास्थ्य कार्यलय नुवाकोटले जनाएको छ । कोरोना भाइरसको पहिलो चरणमा १ हजार १ सय ४५ जना र दोश्रो चरणमा ७ हजार २ सय ४७ गरी ८ हजार ३ सय ९० जना कोरोना भाइरसबाट संक्रमित भएका थिए । त्यस मध्ये पहिलो चरणमा १ जनाको र दोश्रो चरणमा ५१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय नुवाकोटको तथ्यांकमा उल्लेख गरिएको छ ।
    हाल सम्म नुवाकोटका १८ हजार ६ सय २५ जना पुरुष र १० हजार २ सय १ जना गरी २८ हजार ८ सय २६ जनाको नमुना परिक्षण गरिएको छ । नमुना परिक्षण गरिएको मध्ये ५ हजार ११ जना पुरुष र ३ हजार ३ सय ७९ जना महिला गरी ८ हजार ३ सय ९० जनामा संक्रमण देखिएको थियो । त्यसम मध्ये ८ हजार ३ सय ३८ जना संक्रमण मुक्त र ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय नुवाकोटको तथ्यांकमा उल्लेख गरिएको छ ।
    नुवाकोट कोरोना भाइरस संक्रमण मुक्त जिल्ला भएता पनि जोखिम कायम नै रहेकोले अनिवार्य रुपमा जनस्वास्थ्यको मापदण्ड अपनाउन स्वास्थ्य कार्यलय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले आग्रह गर्नुभएको छ । साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि खोप अभियान समेत चलिरहेकोले लक्षित वर्ग सबैलाई खोप अभियानमा सहभागी हुन उहाँको आग्रह रहेको छ ।

    स्वास्थ्य कार्यलय नुवाकोटका सूचना अधिकारी उत्तम खनाल

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया