शुक्रबार, ७ माघ २०७८
  • adarsha computer nuwakot
  • व्यवसायिक रुपमा बाख्रा पालन गर्न मेयर पण्डितको आग्रह

    समिकरण २०७८, १६ पुष शुक्रबार ०६:४९ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर नगरपालिका वडा नम्बर ३ मा आयोजित ५ दिने व्यवसायिक बाख्रा पालन सम्वन्धी तालिमको समापन गरिएको छ ।
    विदुर नगरपालिकाको उद्योग विकास शाखाको आयोजनामा गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम मार्फत तालिम आयोजना गरिएको थियो । पुस १० गतेदेखि सुरु भएको तालिममा १५ जना कृषको सहभागीता रहेको थियो । तालिमका सहभागीहरुलाई वाख्राको जात, बाख्रा पालनको महत्व, बाख्रालाई लाग्ने रोग, देखा पर्ने लक्षण, रोकथाम लगायतको विषयमा जानकारी गराइएको थियो ।
    नगरपालिकाको पशु तथा भेटरेनरी शाखाका डाक्टर समन महर्जन, प्राविधिक रामेश्वर प्याकुरेल, विष्णुप्रसाद रिजालले तालिमका सहभागीहरुलाई बाख्रालाई लगाइने खोप, सन्तुलित आहार, बाख्रालाई खुवाइने घाँसको प्रकार, घाँस खुवाउने मात्रा, खोर सुधार तथा व्यवस्थापन लगायतको विषयमा जानकारी गराएका थिए ।
    तालिमको समापन कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले निर्वाहमुखी भन्दा पनि व्यवसायिक रुपमा बाख्रा पालन गर्नलाई किसान समक्ष आग्रह गर्नुभएको छ । पशु चौपाय पालन गर्ने क्रममा कुनै समस्या आएमा समाधानको लागि पशु तथा भेटरेनरी शाखा तयार रहेको मेयर पण्डितको भनाई रहेको छ ।


    तालिमको समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको वडा सदस्य प्रदिप घिमिरेले जानकारी दिनुभएको छ ।

    तालिमबाट बाख्रा पालन गर्दा आइपर्ने समस्या समाधानको लागि गर्नुपर्ने क्रियाकलापको विषयमा जानकारी लिन पाउदा व्यवसायिक रुपमा बाख्रा पालन गर्न हौसला मिलेको छत्रेफाँट लघु उद्यम विकास समूहका अध्यक्ष दिपक ठकुरीले बताउनुभएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया