शुक्रबार, ७ माघ २०७८
  • adarsha computer nuwakot
  • सौगात सहकारीको १२औँ वार्षिक साधारण सभा सम्पन्न

    समिकरण २०७८, १७ पुष शनिबार २१:१५ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर नगरपालिका वडा नम्बर २ मा रहेको सौगात वचत तथा ऋण सहकारी सस्था लिमिटेडको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    शनिवार सम्पन्न साधारण सभामा सहकारीका अध्यक्ष रामप्रसाद अधिकारीले सस्थाको वर्तमान अवस्था, प्रगति प्रतिवेदन र भावी कार्ययोजनाको वारेमा तयार पारिएको प्रतिवेदन प्रस्तु गर्नुभएको थियो । गत आर्थिक वर्षको अन्त्यसम्ममा २ सय ८५ जना शेयर सदस्य रहेको सहकारीको कर्जा लगानी २ करोड ८० लाख ४० हजार रुपैयाँ, निक्षेप २ करोड ८२ लाख ९६ हजार रुपैयाँ, वैंक मौज्दात १ करोढ ९८ लाख ५ हजार रुपैयाँ रहेको सहकारीका अध्यक्ष अधिकारीद्धारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।
    सहकारीको स्थिर सम्पती ४७ हजार ५ सय रुपैयाँ, जिल्ला सहकारी संघमा ५ हजार रुपैयाँ र राष्ट्रिय सहकारी वैंकमा ८५ हजार रुपैयाँ लगानी रहेको अध्यक्ष रामप्रसाद अधिकारीले बताउनुभएको छ । यस्तै सहकारीको कोषाध्यक्ष रामप्रसाद रिमालले गत आर्थिक वर्षको बास्तविक आर्थिक अवस्था तथा चालु आर्थिक वर्षको अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको थियो ।
    सहकारीले समाजको आर्थिक र सामाजिक क्षेत्रलाई व्यवस्थित गर्ने शिलशिलामा छरिएर रहेको पूजिलाई एकिकृत गरी आवस्यकता अनुसार उत्पपादन क्षेत्र र व्यवसायमा लगानी गर्दै आइरहेको छ । आगामी दिनमा बचत तथा ऋणको कारोवारसँगै शेयर सदस्यको हित हुने कायृक्रमहरु सञ्चालनमा जोड दिइने लक्ष्य सहकारीले लिएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया