नुवाकोट जिल्ला स्तरिय लिग फुटबल प्रतियोगितामा नुवाकोट युनाइटेड फुटबल क्लव विजयी भएको छ ।
शनिवार फाइनल खेल अन्तर्गत रहेर नुवाकोट युनाइटेड फुटबल क्लव वट्टार र न्यू स्टार क्लव त्रिशुली बिच प्रतिष्पर्धा भएको थियो । नुवाकोट युनाइटेड ३–१ गोल अन्तरले विजयी भएको हो । नुवाकोट युनाइटेडका साइल नगरकोटी, सन्तोस थापा र सुनिल कुमालले एकएक गोल गरेका थिए भने न्यू स्टार क्लव त्रिशुलीको तर्फबाट ॐअप्रकास तामाङले १ गोल गरेका थिए । नुवाकोट जिल्ला फुटवल संघको आयोजनामा भएको जिल्ला स्तरिय लिग फुटबल प्रतियोगिताका विजेता नुवाकोट युनाइटेडलाई ५० हजार रुपैयाँ सहित मेडल र ट्रफि र उपविजेता न्यू स्टारलाई २५ हजार रुपैयाँ सहित मेडल र ट्रफि प्रदान गरिएको छ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी रामकाजी कुमाल, उत्कृष्ट गोल किपर विकिबहादुर तामाङ र हाई स्कोरर साइल नगरकोटीलाई तीनतीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । उनीहरु तीनै जना नुवाकोट युनाइटेडबाट प्रतियोगितामा सहभागी भएका थिए । यस्तै फाइनल खेलमा म्यान अफ द म्याच नुवाकोट युनाइटेडकै सन्तोष थापाले हात पार्नुभएको छ । प्रतियोगितामा सहभागी टिमहरु मध्ये न्यू स्टार क्लव त्रिशुली अनुशासित टिम बन्न सफल भएको नुवाकोट जिल्ला फुटवल संघका महासचिव विष्णु चालिसेले जानकारी दिनुभएको छ ।
जिल्ला स्तरिय लिग फुटबल प्रतियोगिताको समापन कार्यक्रमलाई संवोधन गर्नुहुदै संघिय सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले खेल विधालाई व्यवसायिक रुपमा अगाडी बढाउनलाई तीन वटै सरकारले आर्थिक लगानी गर्नु पर्नेमा जोड दिनुभएको छ । खेल र खेलाडीको पक्षमा सधै सकरात्मक रहेको भन्दै संघिय सांसद तामाङले नुवाकोटको पहिचानसँग जोडिने सबै प्रकारको खेल र खेलाडीको विकासमा आवस्यक सहयोग गर्ने प्रतिवद्धता समेत रहेको छ ।
यस्तै नेपाली कांग्रेसका जिल्ला सभापती रमेशकुमार महतले खेल र स्वास्थ्य एक अर्काबिचको परिपुरक रहेकोले नुवाकोटमा खेलकुद क्षेत्रको विकास गराउन पार्टीको तर्फबाट आवस्यक साथ सहयोग रहने बताउनुभएको छ ।
नुवाकोट जिल्ला स्तरिय लिग फुटबल प्रतियोगितामा विभिन्न १० वटा समूहको सहभागिता रहेको थियो । प्रतियोगिता पुस ७ गतेदेखि सुरु भएको हो ।