शुक्रबार, ७ माघ २०७८
  • adarsha computer nuwakot
  • पिक प्वाइन्ट एकेडेमीद्वारा पर्वतारोही पासाङ शेर्पा सम्मानित

    समिकरण २०७८, १८ पुष आईतवार १३:११ पढ्न लाग्ने समय < 1 मिनेट

    पर्वतारोही पासाङ शेर्पा सम्मानित हुनुभएको छ । बूढानीलकण्ठस्थित वडा वडा नम्बर १३ मा रहेको पिक प्वाइन्ट एकेडेमीले एसईई २०७६ र २०७७ का विद्यार्थीलाई गरेको बिदाइ तथा बधाई कार्यक्रमका बिचमा एकेडेमीमार्फत शेर्पा सम्मानित हुनुभएको हो ।

    उहाँले ८,००० मिटरभन्दा धेरै उचाइका हिमालहरूको नौ पटक आरोहण गर्नुभएको छ भने संसारको सर्वोच्च शिखर सगरमाथाको मात्र ४ पटक सफल आरोहण गरिसक्नुभएको छ । नेपालको सान र मान स्थापित गर्न सफल अभिभावकलाई उहाँको साहसको कदर गर्दै एकेडमीले सम्मान गरेको हो । उहाँ व्यावसायिक पर्वतारोही हुनुहुन्छ ।


    उहाँले नेपालीको शिर उचो बनाउन गरेको योगदानस्वरूप अभियन्ताहरूले चलाएका राष्ट्रिय पोसाक तथा टोपी दिवसकै अवसरमा एसईई परीक्षमा उर्तीण विद्यार्थीहरुको बिदाइ तथा बधाई कार्यक्रमका बीच सम्मान गरिएको पिक प्वाइन्ट एकेडेमीका शैक्षिक संयोजक चिरञ्जीवी नेपालले बताउनुभयो ।

    एकेडेमीद्वारा आयोजित कार्यक्रममा शिखर आरोहण गरी देशको प्रतिष्ठा बढाएकाले सो सम्मान प्रदान गरिएको एकेडेमीका सह(प्रध्यानाध्यापक महेश केसीले जानकारी दिनुभयो ।
    पिक प्वाइन्ट एकेडेमीका संस्थापक सदस्य ठमिन्द्र खतिवडाले सम्मानपत्र प्रदान गर्दै नेपाललाई विश्वमा आरोहणको माध्यमबाट चिनाउन शेर्पाले अहम भूमिका निर्वाह गरेकाले त्यसको सराहना गर्नुभयो ।

    उहाँको साहसलाई उच्च मूल्याङ्कन गरी एकेडेमीले सम्मान गरेको एकेडेमीका प्रध्यानाध्यापक बिनय श्रेष्ठले बताउनुभयो । एकेडेमीले यस्ता साहसिक र प्रतिभावान व्यक्तित्त्वहरूलाई समयसमयमा सम्मान गर्ने गरेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया