बुधबार, १५ असार २०७९
  • adarsha computer nuwakot
  • बेत्रावतीमा गोरु जुधाई कार्यक्रमको तयारी सुरु

    समिकरण २०७८, १९ पुष सोमबार ०९:४२ पढ्न लाग्ने समय < 1 मिनेट

    फाइल तस्वीर

    विदुर । नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीमा माघ १ गते हुने गोरु जुधाई कार्यक्रमको तयारी सुरु भएको छ ।
    कार्यक्रमको तयारी स्वरुप प्रतियोगितामा सहभागी हुने गोरुको दर्ता कार्य सुरु भएको हो । गोसाईकुण्ड युवा क्लवको आयोजनामा हुने उक्त कार्यक्रमको लागि अष्टमान डंगोलको संयोजकत्वमा गोरु छनौट समिति निर्माण गरिएको छ । प्रतियोगितामा सहभागी हुनलाई पुष २५ गतेसम्ममा गोरु दर्ता गराइसक्नुपर्ने छ । दर्ता गरिएको गोरु प्रतियोगिताको लागि योग्य छ अथवा छैन त्यसको निर्णय गर्ने जिम्मा गोरु छनौट समितिलाई दिइएको छ । दर्ता गराइएको मध्ये प्रतियोगितामा सहभागी गराउन योग्य गोरु हो अथवा होइन निक्र्योल गरिने छनौट समिति संयोजक अष्टमान डंगोलले बताउनुभएको छ । प्रतियोगिताको लागि योग्य गोरुलाई सहभागी गराउने र योग्य नभएकोलाई अर्को वर्षको लागि तयारी गर्नलाई किसान समक्ष जानकारी गराइने संयोजक डंगोलले बताउनुभएको छ । समितिले पुस २८ गते भित्र गोरु छनौट गरिसक्नेछ । उहाँको अनुसार आइतवारसम्ममा ४ हल गोरु दर्ता भइसकेको छ ।
    प्रतियोगितामा पहिलो हुने गोरुको किसानलाई १० हजार रुपैयाँ, दोश्रो हुनेलाई ८ हजार रुपैयाँ र सहभागी सबैलाई तीनतीन हजार रुपैयाँ पुरस्कारको व्यवस्था छ । प्रतियोगितामा सहभागी गोरुको २५ हजार रुपैयाँको विमा गरिने गोरु छनौट समिति संयोजक अष्टमान डंगोलले जानकारी दिनुभएको छ । नेपाल र तिब्बत बीच १८४९ असोज १७ गते वेत्रावती सन्धी भएको खुसियालीमा मनाइने गोरु जुधाइले ग्रामिण पर्यटन प्रर्बद्घन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    #कृषि

    फेसबुक प्रतिक्रिया