वट्टार । आसन्न निर्वाचनमा सर्वश्रेष्ठ पार्टी एमाले बन्नेमा विश्वस्त रहेको नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष अस्टलक्ष्मी शाक्यले बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) नुवाकोटको ७औ जिल्ला अधिवेशनलाई संवोधन गर्नुहुदै उहाँले चारैतिरबाट चपेटामा परेको पार्टिलाई जनताले पर्खेको र एमालेको नेतृत्वको सरकार चाहेको बताउनुभएको छ । पार्टीलाई जिबन्त बनाउन जनता नडगमगाएको भन्दै केन्द्रीय उपाध्यक्ष शाक्यले नेकपा एमालेको लागि वातावरण अनुकल रहेकोले बिचारको पार्टिको रुपमा एमालेलाई स्थापित गराउनु आवस्यक रहेको उहाले बताउनु भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) लाई लक्षित गरी उहाँले एमाले पार्टी फुटेको नभई चोइटिएको र पार्टी चोइटाउनेलाई जनताले माफी नदिने बताउनुभएको छ ।
यस्तै स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले नारायणी किनारमा भएको १०औ महाधिवेशनमा भएको जनसहभागिताले जनता एमालेको पक्षमा छन् भन्ने प्रमाणित गरेको बताउनुभएको छ । नेताको भन्दापनी बिचारको पछि लागेर कार्यकर्ताले जोगाएको पार्टीको रुपमा एमाले पार्टी स्थापित भएको स्थायी कमिटी सदस्य पाण्डेले बताउनुभएको छ । एकताको नाममा पार्टी अस्तव्यस्त भएको सम्झदै उहाँले प्रशिक्षण सहित सदस्यता बिस्तारलाई तिब्रता दिएर सङ्गठन निर्माणलाई मजबुत बनाउनु आवस्यक रहेको उहाको भनाई छ । आसन्न निर्वाचन मार्फत जनताको मन सगै मत जित्न सक्ने पार्टी बनाउन सक्ने नयाँ नेतृत्व चयन हुनेछ भन्नेमा विश्वस्त रहेको स्थायी कमिटी सदस्य पाण्डेको भनाई छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) नुवाकोटको ७औ जिल्ला अधिवेशनलाई संवोधन गर्नुहुदै वागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले पार्टीको १०औँ महाधिवेशनको सन्देश गाउँगाउँमा पुराएर आसन्न निर्वाचनको सबै तहमा पार्टीलाई जिताउने अभियानमा रहेको बताउनुभएको छ ।
“दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं” भन्ने नारा सहित सञ्चालित जिल्ला अधिवेसनको उद्घाटन शत्रमा संवोधन गर्ने नेताहरुले गएर जनताको बिचमा गएर पार्टिलाई स्थापित गराई नुवाकोटलाई एमालेमय बनाउन सक्ने नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका थिए ।
अधिवेसनको उद्घाटन कार्यक्रमलाई नेपाली कांग्रेसका जिल्ला सभापती रमेशकुमार महत, माओवादी केन्द्रका जिल्ला अध्यक्ष हिरानाथ खतिवडा लगायतले सामाजिक र आर्थिक परिवर्तनको लागि राजनैतिक पार्टी बिचमा सहकार्य र समन्वय आवस्यक रहेको बताएका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं समाजबादी ट्रेड युनियन महासङ नेपालका प्रवक्ता उत्तम अधिकारी, जिल्ला सहसचिव सिताराम तिमिल्सना, जिल्ला सदस्यहरु राजेश राई, विकास तामाङ सहित ५४ जनालाई नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष अस्टलक्ष्मी शाक्यले पार्टीमा प्रवेश गराउनुभएको छ । सबै जातीय समुदायको संगठन बनाउने नीति जनता समाजवादी पार्टीले लिए पनि ब्राह्मणको सामुदायिक संगठन बनाउने अनुमति नदिएर ब्राह्मण समुदायको अपनत्वबिहिन पार्टी बनाएको कारण एमाले पार्टीमा प्रवेस गरिएको सिताराम तिमिल्सिनाले बताउनुभएको छ ।
अधिवेशन मार्फत अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरेर पाँच पदाधिकारी सहित १ सय ५ जना जिल्ला कमिटी चयन गरिनेछ । नयाँ जिल्ला कमिटि निर्माणको लागि सर्वसम्मतको प्रयास गरिने र असम्भव भए मात्रै निर्वाचन प्रणाली अपनाइने नेकपा एमाले नुवाकोटले जनाएको छ ।
फोटो _केदार ढकाल