शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • ‘साकस प्रशंसा पत्र २०७८’ नुवाकोटकी सुमीलाई प्रदान

    समिकरण २०७८, २४ पुष शनिबार २२:०९ पढ्न लाग्ने समय < 1 मिनेट

    ‘साकस प्रशंसा पत्र २०७८’ साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमीलाई प्रदान गरिएको छ ।
    साहित्य कला संस्कृति प्रतिष्ठान धरानको प्रथम वार्षिक उत्सव तथा पुस्तक विमोचन समारोहमा सुमीलाई सम्मान गरिएको हो । सामाजिक सञ्जाल फेसबुकमा ‘स्रष्टा र सिर्जना बाचन’ कार्यक्रमको माध्यमबाट विश्वभर छरिएर रहेका नेपाली साहित्यका पारखीहरुलाई जमघट गराई नेपाली साहित्यको विकासमा पुराएको योगदानलाई कदर गर्दै सुमीलाई शनिवार सम्मान गरिएको हो ।
    उक्त कार्यक्रममा सुमि सहित धनकुटाका रमेशचन्द्र अधिकारी, मोरङका युवराज ठकुरी, सुनसरीका एकराज थापा, श्रीभवानी नेपाल, हिक्मत खड्का, मित्र गौतम उराठी, रोमा लम्साल लगायतलाई सम्मान गरिएको हो । सम्मानित श्रष्टाहरुलाई संघिय सांसद जयकुमार राईले दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गर्नुभएको हो ।
    यस्तै उक्त कार्यक्रममा गजलकार रोमु अधिकारीद्वारा लिखित ‘बरियो’ गजल सङ्ग्रहको विमोचन समेत गरिएको छ ।

    विमोचन गरिएको गजल संग्रहको बारेमा अग्रज साहित्यकार मधु पोखरेलले समीक्षा गर्नुभएको थियो । उक्त गजल सङ्ग्रहमा १ सय १ वटा गजलहरु सङ्ग्रहित छन् ।

    #फिचर

    फेसबुक प्रतिक्रिया