शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • शिविरमा ७ सय ५० भन्दा वढीले स्वास्थ्य जाँच गराए

    समिकरण २०७८, २४ पुष शनिबार २२:४७ पढ्न लाग्ने समय < 1 मिनेट

    वेलकोटगढी नगरपालिका वडा नम्बर १० मा रहेको निरन्जना माध्यमिक विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा ७ सय ५० जना भन्दा वढी नागरिकले स्वास्थ्य परिक्षण गराएका छन् ।
    मनमोहन मेमोरियल अस्पताल र दृष्टि आँखा अस्पतालको सहयोगमा निरन्जना भिलेज सोसाइटी नेपालले शुक्रवार र शनिवार निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा स्त्री रोग, बालरोग, आँखा, नाक, कान, घाटी, छाती, मुटु, पेट, छाला, हड्डी तथा अन्य रोगहरुको परिक्षण गराउने सुविधा रहेको थियो । शिविरमा सहभागी भएका करिव ४ सय ५० जनाले आँखा परिक्षण गराएका थिए । आँखा परिक्षण गराएकाहरु मध्ये चस्मा लगाउन पर्ने भएकालाई चस्मा समेत वितरण गरिएको थियो ।


    यस्तै १३ जना महिलाको पाठेघर शल्यक्रिया गर्नुपर्ने भएकोले आवस्यक समन्वय गरि निशुल्क सल्यक्रियाको व्यवस्थाको लागि पहल गरिने शिविरको आयोजक सस्था निरन्जना भिलेज सोसाइटीले जनाएको छ ।
    शिविरमा वेलकोटगढी नगरपालिका वडा नम्बर १, ९, १० र ११ का नागरिकहरुले प्रत्यक्ष लाभ लिएका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया