नेपाली काङ्ग्रेस म्यागङ गाउपालिका वडा नम्बर ३ को पार्टी कार्यालय उद्घाटन गरिएको छ ।
शनिबार एक कार्यक्रमको बिच नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य बहादुरसिङ लामा तामाङले कार्यालयको उद्घाटन गर्नु भएको हो । पार्टी कार्यालय उद्घाटन गर्नुहुदै उहाँले वडा स्तरमै पार्टी कार्यलय सञ्चालन हुनाले पार्टीको हरेक गतिविधि र कृयाकलाप सञ्चालन गर्न सहज हुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस सबै जनाको सहअस्तित्व, मनोभाबना स्वीकार्दै लैजाने पार्टी भएकोले सधैभरि जनताको सुख दुखमा हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्दता जनाउनु भएको छ । काङ्ग्रेसको १४ औ महाधिवेशनको समयमा पार्टी भित्र देखिएको मतभेद अन्त्य गर्दै आफ्नो पार्टी भित्र मन बिभाजन भएता पनि अबको दिनमा मत बिभाजन नगर्न केन्द्रीय सदस्य लामाले नेता तथा कार्यकर्तालाई अनुरोध गर्नु भएको छ । देशमा अब छिट्टै नै स्थानीय तह, प्रदेश र सङ्घको निर्बाचन पनि अब हुने भएकोले निर्वाचनमा शशक्त भुमिका निर्बाह गर्नु पर्ने भएकोले भादृ तथा शुभेच्छुक सस्थाहरुलाई चलायमान बनाउन तामाङले निर्देशन दिनु भएको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेस नुवाकोटका पुर्बसभापति एवं महासमिति सदस्य धुर्ब अधिकारी, क्षेत्रीय सभापती जगत बहादुर तामाङ, म्यागङ गाउपालिका वडा नम्बर २ को वडा अध्यक्ष रुपबहादुर तामाङ, ४ को वडा अध्यक्ष कमल तामाङ, ६ को वडा अध्यक्ष आतामसिङ तामाङ, नेपाल बिद्यार्थी सङ नुवाकोटको क्षेत्रीय सभापति बिजय गुरुङ, प्रदेश सदस्य देबिमाया तामाङ लगायतले अब हुने देशको हरेक निर्वाचनमा पार्टी भित्र फुट नभए जुटेर जान आबश्यक रहेको बताएका छन् ।
कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेश गरेकाहरुलाई नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य बहादुरसिङ लामा तामाङले स्वागत गर्नुभएको छ । वडा भित्र हुने पार्टीको हरेक कामहरु गर्न सहज हुने भएकोले पार्टि कार्यलय सञ्चालन गरिएको वडा सभापति मङ्गल सिङ तामाङले बताउनुभएको छ ।