आइतबार, २२ साउन २०७९
  • adarsha computer nuwakot
  • एमाले जिल्ला अध्यक्षमा मैनाली चयन

    समिकरण २०७८, २५ पुष आईतवार १३:०७ पढ्न लाग्ने समय < 1 मिनेट

    बट्टार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोटको जिल्ला अध्यक्षमा बद्री मैनाली चयन हुनुभएको छ ।
    शुक्रवारबाट सुरु भएको ७औँ जिल्ला अधिवेसन मार्फत सर्वसम्मत रुपमा मैनाली अध्यक्षमा चयन हुनुभएको हो । यस अघि मैनाली जिल्ला उपाध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो । यस्तै यस अघि जिल्ला सचिवको जिम्मेवारीमा रहनुभएका वुद्धि प्रधान उपाध्यक्षमा चयन हुनुभएको छ । उहाँले अध्यक्ष पदको दावी गर्दै आइरहनुभएको थियो । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने क्रममा अध्यक्षको जिम्मेवरी मैनालीलाई र उपाध्यक्षको जिम्मेवारी प्रधानलाई दिइएको हो ।


    यस्तै जिल्ला कमिटिको सचिवमा सुदर्शन नेपाल र उपसचिवहरुमा काशिराज अधिकारी र निलकण्ठ आचार्य चयन भएका छन् । आइतवार सम्पन्न ७ औँ अधिवेसनले १ सय ५ सदस्य रहेको जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया