शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • निष्किृय सहकारीहरुको समस्या र आवस्यकता पहिचान गरी सक्रिय बनाउन पर्नेमा जोड

    समिकरण २०७८, २८ पुष बुधबार २१:०२ पढ्न लाग्ने समय 2 मिनेट

    विदुर । राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बि.बस्नेतले सहकारी संस्थाको समग्र विकासका लागि छरिएर रहेका संस्थाहरुको एकिकरण आवश्यक रहेको बताउनुभएको छ ।
    जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको २९औँ वार्षिक साधारण सभालाई संवोधन गर्नुहुदै उहाँले निष्किृय सहकारीहरुको भेला गरेर समस्या र आवस्यकता पहिचान गरी सक्रिय बनाउन सहयोग गर्नुपर्ने बताउनुभएको छ । सहकारी सञ्चालन गर्नलाई सकस भएको खण्डमा एकअर्काबिचमा एकिकरण गरेर शाखाहरु विस्तार गर्न सकियो भने सञ्चालन गर्न समस्या नहुने बस्नेतको भनाई छ । छिमेकी सहकारीहरु समस्यामा गुज्रिएको छ भने माथी उकास्नको लागि हातेमालो गर्नलाई नुवाकोटका सहकारी सस्थाहरु र जिल्ला सहकारी संघलाई उहाँले आग्रह गर्नुभएको छ ।

    राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बि.बस्नेत


    यस्तै जिल्ला सहकारी संघ लिमिटेडका पूर्व अध्यक्ष एवं राष्ट्रिय प्रतिनिधि बैकुण्ठ मिश्रले सहकारी संस्थाको पदाधिकारी बन्नमा भन्दा सहकारीको प्रशिक्षक र अभियन्ता बन्ने सवालमा केन्द्रित हुनु आवस्यक रहेको बताउनुभएको छ । सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई टेकेर सञ्चालित सहकारीहरुलाई कुनै पनि शक्तिले रोक्न नसक्ने उहाँको भनाई छ ।

    जिल्ला सहकारी संघ लिमिटेडका पूर्व अध्यक्ष बैकुण्ठ मिश्र


    कार्यक्रममा जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले गत आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जिल्लामा करिव ८० हजार नागरिकहरु विभिन्न सहकारीको सदस्य रहेको, जिल्लाको १२ वटै स्थानीय तहमा गरि ५ सयको सङ्ख्यामा सहकारी रहेको र करिव ५ अरबको पुजिलाई परिचालन गर्दै आएको अध्यक्ष न्यौपानेद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । गरिबी निवारण, रोजगारि सिर्जना, उद्यमशिलताको विकास गर्ने सबल शक्तिको रुपमा शहकारीको विकास भैरहेको अध्यक्ष न्यौपानेले बताउनुभएको छ । ‘मर्यादित व्यवसाय र प्रबिधिमा सहकारी’ भन्ने उद्घोषका साथ सञ्चालित सहकारी संघले जिल्लाको दुप्चेश्वर गाउँपालिका, ककनी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र विदुर नगरपालिकामा स्थानीय तह समन्वय उपसमिती गठन गरिसकेको छ । चालू आर्थिक वर्षमा अन्य स्थानीय तहहरुमा पनि समन्वय उपसमिती गठन गर्ने लक्ष्य लिएको अध्यक्ष न्यौपानेले बताउनुभएको छ । कोरोना भाइरसको जोखिम परिस्थितिमा सिर्जित लकडाउनको समयमा ‘बिपदमा सहकारी’ भन्ने नारालाई आत्मसाथ गरि किसान र सहकारीले उत्पादन र सङ्कलन गरेको फलफुल र तरकारीलाई बजारिकरण गरि उपभोक्तालाई सस्तो र सुलभ मुल्यमा बिक्री बितरण सुरु गरेको सहकारी संघले हाल पनि जारी राखेको उहाँले बताउनुभएको छ ।
    सहकारी संघको २९ औ वार्षिक साधारण सभामा कोषाध्यक्ष अरुणकुमार श्रेष्ठले गत वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गत आर्थिक वर्षको अन्त्यसम्म सहकारी संघको शेयर पुँजि २१ लाख ३९ हजार रुपैयाँ, वार्षिक आम्दानी ७३ लाख ७७ हजार रुपैया, वार्षिक खर्च ७१ लाख ८२ हजार रुपैँया रहेको कोषाध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ । यस्तै सहकारी संघको बैंक मौज्दात १ करोड ५९ लाख ८२ हजार रुपैयाँ, शेयर लगानी १३ लाख ९९ हजार रुपैयाँ रहेको कोसाध्यक्ष अरुणकुमार श्रेष्ठले बताउनुभएको छ ।
    सहभागितात्मक सहकारी लेखा तालिम, सहकारी व्यवस्थापन तालिम, वार्षिक समीक्षा गोष्टी, अध्ययन अबलोकन भ्रमण, पालिका स्तरिय गोष्टी, व्यवसायिक योजना तर्जुमा गोष्टी लगायतको गतिबिधी सन्चालन गर्ने भाबी योजना रहेको सचिव प्रकाश अधिकारीले बताउनुभएको छ । सहकारी मूल्य, दर्शन र सिद्धान्त एवं सहकारी ऐन, नियम र सघको विनियमलाई आत्मसाथ गरि सदस्यता लिनेदिने कार्यलाई निरन्तरता दिइने उहाँको भनाई छ । जिल्ला भित्र ‘एक वडा एक न्युनतम सदस्य’ बनाउने र सहकारी सदस्य बिस्तार अभियान सन्चालन गरि थप ५० वटा सहकारी सस्थालाई संघमा आवद्ध गराई निस्कृय सदस्य सस्थालाई सकृय बनाइने लक्ष्य सहकारी संघको रहेको सचिव प्रकाश अधिकारीले बताउनुभएको छ ।
    कार्यक्रममा जिल्ला सकहारी संघ लिमिटेड नुवाकोटका पूर्व अध्यक्ष पूर्णलाल श्रेष्ठ, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजन श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित, राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष विष्णुप्रसाद सापकोटा, बहुउदेस्यीय सहकारी संघ लिमिटेडका जिल्ला अध्यक्ष कृष्णप्रसाद रिमाल, बचत तथा ऋण सहकारी सस्था लिमिटेडका जिल्ला अध्यक्ष रमेश श्रेष्ठ, विदुर नगरपालिका सहकारी विकास शाखा प्रमुख पुष्कर शर्मा रिमाल, राष्ट्रिय सहकारी वैंक लिमिटेड नुवाकोटका प्रमुख प्रदिप अर्याल लगायतले स्थानीयलाई बचत गर्ने बानीको विकास गराउनुको साथै आर्थिक श्रीवृद्धिको लागि सहकारी अपरिहार्य रहेको बताएका छन् ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया