आइतबार, २२ साउन २०७९
  • adarsha computer nuwakot
  • माघ १० भित्रमा विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको दोश्रो डोज खोप उपलव्ध गराइसक्ने विदुरको लक्ष्य ।

    समिकरण २०७८, २८ पुष बुधबार २१:५१ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । कोरोना भाइरसको जोखि बढेको भन्दै नेपाल सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
    तर नुवाकोटको विदुर नगरपालिकाले नियमित रुपमा विद्यालय सञ्चालन गर्न लाई पत्राचार गरेको छ । नगरपालिकामा कोरोना भाइरस संक्रमणको अवस्था सामान्य रहेकोले विद्यालयहरु बन्द नगर्ने निर्णय गरिएको हो । नगरपालिकाले माघ १० गतेभित्रमा विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको दोश्रो डोज खोप उपलव्ध गराइसक्ने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रमलाई पूरा गर्न र विगतको समयमा कोरोना भाइरसको कारण विद्यार्थीको सिकाईमा पुगेको क्षतीलाई पूर्ति गर्नको लागि पनि नियमित रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले विद्यालयहरुलाई पठाएको पत्रमा उल्लेख छ ।
    यस्तै स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर मात्र विद्यालय सञ्चालन गराउन, विद्यालय सञ्चालनको सम्वन्धमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई जानकारी गराउन, विद्यार्थी संख्या अत्याधिक रहेको कक्षालाई २ चरणमा सञ्चालन गर्न समेत उक्त पत्रमा उल्लेख गरिएको छ । यस्तै कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएमा शिक्षक तथा विद्यार्थीलाई अलग्गै रहन, कोरोना भाइरस परिक्षण गराउन र निको भए पछि मात्र विद्यालयमा प्रवेश गराउन पनि विद्यालयहरुलाई पठाइएको पत्रमा उल्लेख गरिएको छ ।
    नगरपालिका भित्र कोरोना भाइरसको जटिलता निम्तिएमा विद्यालय सञ्चालन सम्वन्धमा अर्को वैठक बसेर निर्णय गर्ने नगरपालिकाले जनाएको छ । वालबालिकाको स्वास्थ्यको पूर्ण रुपमा ख्याल गर्दै स्वास्थ्य मापदण्ड अपनाउन नगर भित्रका सबै विद्यालयहरुलाई आग्रह गरिएको छ ।

    #जीवनशैली

    फेसबुक प्रतिक्रिया