नुवाकोट । नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा नुवाकोटका मदन थापालाई मनोनित गरिएको छ ।
दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ निवासी थापालाई सांस्कृतिक गतिविधिको माध्यमबाट नेपाली काग्रेसको उत्थान, प्रवद्र्धन र सुदृढिकरणको लागि सक्रिय रुपमा लागेको भन्दै नेपाल सांस्कृतिक संघले केन्द्रीय सदस्यमा मनोनित गरेको हो । नेपाली कांग्रेसको शुवेच्छुक संघको रुपमा सक्रिय नेपाल सास्कृतिक संघको विधानको परिच्छेद ७ दफा २० को (च) बमोजिम उहाँलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।
‘लोकतान्त्रिक समाजवादका लागि लोकतान्त्रिक सस्कृति’ भन्ने उद्घोषको साथ सक्रिय संघलाई अगाडी बढाउन निर्वाह गर्नुपर्ने भुमिकाका लागि निरन्तर प्रायासरत रहने थापाले बताउनुभएको छ ।