विदुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजन कार्यान्वयन ईकाई नुवाकोट धान जोनको संचालक समितीको संयोजकमा विनोद पाठक चयन हुनुभएको छ ।
लिखु गाउँपालिका वडा नम्बर ५ निवासी पाठकको संयोजकत्वमा ९ सदस्यीय संचालक समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा वेलकोटगढी १२ का युवराज पाण्डे, लिखु २ का नारायण धमला, तादी ४ का विश्वनाथ मैनाली, लिखु ६ का प्रकाश डंगोल, पञ्चकन्या २ का सुलोचना गजुरेल, लिखु ४ का सीता भट्ट, तादी ५ का गोमा खनाल र शिवपुरी ७ का रामकृष्ण थपलिया रहेका छन् ।
धान जोन कार्यक्रम नुवाकोटको ५ वटा स्थानीय तहको १६ वटा वडामा सञ्चालन गर्ने लक्ष्य रहेको छ । बेलकोटगढी नगरपालिका वडा नम्वर १२ र १३, लिखु गाउँपालिको वडा नम्वर १, २, ४, ५ र ६, पञ्चकन्या गाउँपालिका वडा नम्वर १ र २, शिवपुरी गाउँपालिकाको वडा नम्वर ७ र ८ तादी गाउँपालिकाको वडा नम्वर २, ३, ४, ५ र ६ लाई समेटेर धान जोन कार्यक्रम सञ्चालन भइरहेको छ ।
धानको उत्पादकत्वमा वृद्धि, यान्त्रीकरण, पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवर्द्धन, प्रशोधन केन्द्रको स्थापना, मूल बीउ उत्पादन, कृषि अनुसन्धान केन्द्र र अध्ययन संस्थान स्थापना गर्ने धान जोन कार्यक्रमको उद्देश्य रहेको छ । कार्यक्रमको उदेस्यलाई पूरा गर्नको लागि समिति क्रियाशिल रहने संयोजक विनोद पाठकले बताउनुभएको छ ।
धान उत्पादनमा वृद्धि गर्नलाई सहुलियत दरमा प्राप्त हुने आधुनिक उपकरण, विउ लगायतका चिजविजिलाई सम्वन्धित किसान समक्ष पुराउन सहजिकरण गर्ने संयोजक पाठकले बताउनुभएको छ । आधुनिक खेती प्रणाली मार्फत धानको उत्पादकत्व बढाउन र आइपर्ने समस्याहरु समाधानको लागि किसानको साथमा रहेर समितिले काम गर्ने उहाँको भनाई छ ।