मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • राष्ट्रिय योग दिवसको अवसरमा १९ जनाले गरे रक्तादान

    समिकरण २०७८, २ माघ आईतवार १०:१९ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । शनिवार सातौँ राष्ट्रिय योग दिवस मनाइएको छ । नेपालमा २०७२ सालदेखि हरेक वर्ष माघ १ गते योग दिवस मनाउने गरिएको हो । दिवसको यसवर्षको नारा ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने रहेको थियो । योगका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।
    प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । तर, बिलासी जीवनशैलीका कारण योग ओझेलमा परे पनि पछिल्लो समय योग र ध्यानमा आकर्षण बढ्दो छ । योगको नियमित अभ्यासले रोग प्रतिरोधी क्षमता बढ्ने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
    सातौँ राष्ट्रिय योग दिवसको अवसरमा नुवाकोटको सदमुकाम विदुरमा रक्तदान कार्यक्रम आयोजन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी नुवाकोटको सहयोगमा पतञ्जली योग समिति नुवाकोट र महिला पतञ्जली योग समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए । रक्तादन जीवनदान भन्ने उद्घोषको साथ आयोजित खुल्ला रक्तादन कार्यक्रममा जस्मा ५ जना महिला र १४ जना पुरुषले रक्तदान गरेको पतन्जली योग जिल्ला समिति नुवाकोटको महामन्त्री उत्सव अर्यालले जानकारी दिनुभएको छ ।
    त्रिशुली अस्पतालमा प्रशुती सेवा लिने सेवाग्राही, सडक दुर्घटनामा परेका र अन्य बिरामीहरुका लागि आबश्यक पर्ने रगत अभाव भएको जानकारी आएकोले रक्तादान कार्यक्रम आयोजना गरिएको अर्यालले बताउनुभएको छ । छोटो समममा र कम खर्चमा मानवीय निस्वार्थ सेवा पुराउने महत्वपूर्ण कार्य रक्तदान रहेकोले दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभएको छ ।

    #जीवनशैली

    फेसबुक प्रतिक्रिया