मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • भूकम्प सुरक्षा दिवस मनाइदै

    समिकरण २०७८, २ माघ आईतवार ११:०१ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आइतवार मनाउन लागिएको छ ।
    भूकम्पले नभइ कमजोर संरचनाले मानवीय लगायतको क्षति गर्छ भन्ने चेतना जगाउँदै २०५५ सालदेखि माघ २ गतेलाई भूकम्प दिवसका रुपमा मनाउन सुरु गरिएको हो । नेपाल रेडक्रस सोसाइटी नुवाकोटले आइतवार विहान कोरोना भाइरस जोखिमको कारण सांकेतिक रुपमा दिवस मनाएको छ । भूकम्प पछि खोज, उद्धार र प्राथमिक उपचारलाई प्राथमिकता दिने विषयमा केन्द्रीत भई दिवस मनाइएको हो । विक्रम संवत् १९९० साल माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा दिवस मनाउन थालिएको हो । दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो । दिवसका अवसरमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आयोजना गर्ने एक कार्यक्रममा २०७२ सालको भूकम्पका कारण भत्किएका संरचनाको पूनर्निर्माणको प्रगति बारे पनि जानकारी गराइने बताइएको छ ।

    #जीवनशैली

    फेसबुक प्रतिक्रिया