कास्की । ६ वर्षीय बालकलाई शारीरिक यातना दिएको कसुरमा जिल्ला अदालत कास्कीले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका–२ घर भइ पोखरा महानगरपालिका–१४ बस्दै आएकी २७ वर्षीया जानुका नेपालीलाई २५ दिन कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश श्रीकृष्ण भट्टराईको माघ २ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई २५ दिन कैद सजाय, पीडितलाई ५ हजार रुपियाँ क्षतिपूर्ति, १ हजार रुपियाँ जरिवाना र २ सय रुपियाँ पीडित राहत कोषमा भराउने आदेश दिएको कास्की जिल्ला अदालतका श्रेष्तेदार नवराज दंगालले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका–१५ गलेश्वर चोक स्थित न्यू लाईफ स्कूलको छात्रावासमा बस्दै आएका पीडितले राति सुत्दा ओछ्यानमा पिसाब फेर्छन भन्दै आरोपित वार्डेनले पीडितको लिङ्गमा रबर बाँधेर यातना दिने गरेको भन्दै छात्रावासका सञ्चालकले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस ६ गते उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा ९१० ले निषेधित तथा उपदफा ९२० को खण्ड ९घ० र ९ङ० बमोजिमको कार्य गरी बालबालिका विरुद्धको कसुर पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले १ वर्ष कैद सजायको माग दावी सहित पुस ३० गते जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । (श्रोत_ इन्सेक अनलाइन )