मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटमा दिनानुदिन कोरोना संक्रमित बढ्दै, सक्रिय संक्रमित १७७ पुग्यो

    समिकरण २०७८, ५ माघ बुधबार २२:५० पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा कोरोना संक्रमितको संख्या दिनानुदिन वढिरहेको छ ।
    पछिल्लो २४ घण्टामा मात्रै ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट ७४ जनाको नमुना परिक्षण गर्दा ३५ जनामा र एन्टिजेन विधिबाट ८९ जनाको नमुना परिक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभएको छ ।
    थप भएका संक्रमितहरुमा विदुर नगरपालिकाका २८ जना, लिखु गाउँपालिकाका २७ जना, वेलकोटगढी नगरपालिकाका ७ जना, सूर्यगढी गाउँपालिकाका ५जना, दुप्चेश्वर गाउँपालिकाका ३ जना, तारकेश्वर गाउँपालिकाका २ जना, किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाका समान एकएक जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ संक्रमित संक्रमण मुक्त भएका छन् ।
    हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ७७ रहेको छ । ती मध्ये अस्पतालको कोभिड वार्डमा ४ जना, आइसियुमा १ जना, आइसुलेसन सेन्टरमा १ जना र होम आइसुलेसनमा १ सय ७१ जना रहेका छन् । जिल्लाको १२ वटा स्थानीय तह मध्ये ककनी गाउँपालिकामा मात्र संक्रमितको संख्या सून्य रहेको छ । विदुर नगरपालिकामा सबैभन्दा वढी ७६ जना र सबैभन्दा कम किस्पाङ र म्यागङमा समान एकएक जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य कार्यलय नुवाकोटको तथ्यांक अनुसार वेलकोटगढी नगरपालिकामा १३ जना, सूर्यगढी गाउँपालिकामा ५ जना, लिखु गाउँपालिकामा ४० जना, शिवपुरी गाउँपालिकामा ११ जना, पञ्चकन्या गाउँपालिकामा ५ जना, दुप्चेश्वर गाउँपालिकामा ३ जना, तादी गाउँपालिकामा ८ जना र तारकेश्वर गाउँपालिकामा ४ जना सक्रिय संक्रमित रहेका छन् ।
    सक्रिय संक्रमित मध्ये महिला ८७ जना र पुरुष ९० जना रहेका छन् । हालसमम नुवाकोटका २९ हजार ५ सय ८ जनाको नमुना परिक्षण गरिएकोमा ८ हजार ५ सय ७६ जनामा संक्रमण भएको छ । त्यस मध्ये ८ हजार ३ सय ४७ जना संक्रमण मुक्त र ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय नुवाकोटको तथ्यांकमा उल्लेख गरिएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया