
नुवाकोट । वुधवार राती १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि भएको छ । पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १ सय २२ रुपैयाँ पुगेको छ। त्यस्तै हवाई इन्धनको मूल्य पनि बढेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको हो । आन्तरिक इन्धनको मूल्य प्रतिलिटर १०६ रुपैयाँ पर्नेछ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय अमेरिकी डलर वृद्धि गरी ९९५ डलर कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत नै रहेको छ ।