मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • ३७५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण

    समिकरण २०७८, ७ माघ शुक्रबार ०९:२९ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटको सूर्यगढी गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा स्वरुप एकएक थान कम्बल वितरण गरेको छ ।
    चिसो मौसममा न्यानो कपडाको अभावमा जेष्ठ नागरिकको स्वास्थ्यमा समस्या निम्तन सक्ने भएकोले गाउँपालिकाले सबै वडाका गरी ३ सय ७५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो । उमेरले ८० वर्ष पार भइसकेका व्यक्तिहरुलाई समेटेर कम्बल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनुभएको छ ।
    अध्यक्ष घलेको अनुसार वडा नम्बर १ का ८२, वडा नम्बर २, ३ र ४ का समान ६७÷६७ र वडा नम्बर ५ का ९२ जनालाई कम्बल विरतण गरिएको हो । आर्थिक रुपमा कमजोर भएका परिवारका जेष्ठ नागरिकहरुलाई १ वटा कम्बलले पनि रात काट्नलाई सहज बनाउने अपेक्षा गरेर यो कार्यक्रम सञ्चचालन गरिएको अध्यक्ष घलेले बताउनुभएको छ । जेष्ठ नागरिकको सम्मान स्वरुप पनि यो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।
    गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, उपाध्यक्ष मञ्जु वुढाथोकी, सम्वन्धित वडाको वडाअध्यक्षहरु लगायतको उपस्थितिमा वडावडामा पुगेर जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो ।
    यस्तै युवाहरुलाई स्वरोजगार बनाउन गाउँपालिकाले मोटरसाइकल ममर्त, प्लम्बर, हाउसवाइरिङ, सिलाई वुनाई लगायतका तालिमहरु सञ्चालन गरिएको सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया