शुक्रबार, २३ मंसिर २०७९
  • adarsha computer nuwakot
  • नेपाल निजामती कर्मचारी संगठन नुवाकोटको अध्यक्षमा रिमाल

    समिकरण २०७८, ८ माघ शनिबार १८:१७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति नुवाकोटको अध्यक्षमा पुष्कर शर्मा रिमाल चयन हुनुभएको छ ।
    ‘संघियतामा सुशासन, सामाजिक सुरक्षा र श्रमकोे सम्मान, राजनैतिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने उद्घोष सहित सम्पन्न अधिवेसनले विदुर नगरपालिकाका सहकारी विकास शाखाका प्रमुख रिमाललाई अध्यक्षमा चयन गरिएको हो । शुक्रवार सम्पन्न १०औँ जिल्ला अधिवेसन मार्फत सर्वसम्मत रुपमा संगठनको जिल्ला कार्य समिति चयन गरिएको हो । समितको उपाध्यक्षमा भिमसिंह रावल, कष्णमाया अर्याल, सचिवमा रमेशप्रसाद कडेल, सहसचिवमा इन्द्रबहादुर पण्डित र कोषाध्यक्षमा रेजिना पाण्डे चयन भएका छन् ।
    यस्तै सदस्यहरुमा सुस्मिता पाख्रेल, नवराज कार्की, राम शाह, प्रकाशराज केसी, चन्द्रमणी अर्याल, दिपक दुलाल, पूर्णध्वज श्रेष्ठ, संजिव नेपाल, अमर तामाङ, चन्द्रबहादुर तामाङ, नकुल ओझा र कृष्ण अधिकारी चयन भएका छन् ।


    प्राप्त जिम्मेवारी मार्फत संगठनलाई सशक्त र उर्जाशील गराउन सबैको रचनात्मक सहयोगको अपेक्षा गरिएको अध्यक्ष पुष्कर शर्मा रिमाले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया