मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • नुवाकोट जेसिज वर्ष २०२२ को अध्यक्षमा सुवेदी

    समिकरण २०७८, ८ माघ शनिबार २०:०१ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोट जेसिज वर्ष २०२२ को अध्यक्षमा नवराज सुवेदी चयन हुनुभएको छ ।
    शनिवार सम्पन्न ८औँ वार्षिक साधारण सभा मार्फत सर्वसम्मत रुपमा सुवेदी अध्यक्षमा चयन हुनुभएको हो । यस्तै नुवाकोट जेसिज वर्ष २०२२ को कार्यकारिणी उपाध्यक्षहरुमा अरुणराज पाठक र विनोद लामिछाने, उपाध्यक्षहरुमा करण खतिवडा, किशोर अर्याल, निरोज चित्रकार र हेमन्त रिमाल चयन भएका हुन् । अधिवेसन मार्फत महासचिवको जिम्मेवारी सुमन भण्डारीलाई र कोषाध्यक्षको जिम्मेवारी रामधन ढकाललाई दिइएको छ ।


    नुवाकोटमा जेसिजको शाखा इसं २०१३ मा स्थापना भएको थियो । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै युवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकास गर्ने उदेश्यको साथ जेसिज क्रियाशिल रहेको छ । १८ देखि ४० बर्ष सम्मका युवाहरु जेसिजमा आवद्ध हुन सक्नेछन् ।
    सामाजिक कार्यलाई निरन्तरता दिनुको साथै संस्थालाइ दिगो रुपमा सञ्चालन गर्न नुवाकोट जेसिज वर्ष २०२२ केन्द्रित रहने कार्यकारिणी उपाध्यक्ष अरुणराज पाठकले बताउनुभएको छ । जिल्लाको १२ वटै स्थानीय तहका करिव १०÷१० जना क्रियाशिल र सामाजिक कार्यमा लगाव राख्ने युवाहरुलाई नुवाकोट जेसिजमा आवद्ध गराउने लक्ष्य रहेको उहाँको भनाई छ ।

    #घर परिवार

    फेसबुक प्रतिक्रिया