मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटका ६९ जना कोरोना संक्रमित संक्रमण मुक्त

    समिकरण २०७८, १३ माघ बिहीबार २०:१३ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा पछिल्लो २४ घण्टामा ६९ जना कोरोना संक्रमित संक्रमण मुक्त हुदा ४१ जनामा संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य कार्यलय नुवाकोटको अनुसार उक्त तथ्यांक सहित जिल्लाको कुल संक्रमित ८ हजार ९ सय ९० रहेको छ । ती मध्ये ८ हजार ५ सय ३३ जना संक्रमण मुक्त भएका छन् । हाल जिल्लामा ४ सय ५ जना संक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये अस्पतालको कोभिड वार्डमा १४ जना, आइसियुमा ३ जना र होम आइसुलेसनमा ३ सय ८८ जना रहेका छन्
    पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ५७ जनाको नमुना परिक्षण गर्दा २४ जनामा र एन्टिजेन विधिबाट २६ जनाको नमुना परिक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभएको छ । उहाँको अनुसार थप भएका संक्रमितहरुमा विदुर नगरपालिकाका २३ जना, वेलकोटगढी नगरपालिकाका ४ जना, सूर्यगढी गाउँपालिका र तादी गाउँपालिकाका समान दुईदुई जना र लिखु गाउँपालिकाका १० जना रहेका छन् ।
    हाल सम्म जिल्लाका १९ हजार ३ सय ६७ पुरुष र १० हजार ८ सय २२ महिला गरी ३० हजार १ सय ८९ जनाको नमुना परिक्षण गरिएको छ । परिक्षण गरिएको मध्ये ५ हजार ३ सय ३७ पुरुष र ३ हजार ६ सय ५३ महिलामा संक्रमण पुष्टि भएको हो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया