मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटका २ लाख ३९ हजार ५ सय भन्दा वढीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराए

    समिकरण २०७८, १३ माघ बिहीबार २०:२२ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा मतदाताको संख्या २ लाख ३९ हजार ५ सय भन्दा वढी रहेको छ ।
    पुस मसान्तसम्मको तथ्यांक अनुसार नुवाकोटमा २ लाख ३९ हजार ५ सय ४५ जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यलय नुवाकोटको तथ्यांक अनुसार ककनी गाउँपालिकामा २२ हजार ५ सय ५८, किस्पाङ गाउँपालिकामा १२ हजार ३ सय ५५, तादी गाउँपालिकामा १५ हजार १ सय ६३, तारकेश्वर गाउँपालिकामा १५ हजार ८८ जना मतदाता रहेका छन् ।
    यस्तै दुप्चेश्वर गाउँपालिकामा १७ हजार ४ सय ७९, पञ्चकन्या गाउँपालिकामा १५ हजार ३२, वेलकोटगढी नगरपालिकामा ३३ हजार ७ सय ८०, म्यागङ गाउँपालिकामा १२ हजार ८ सय ५४, लिखु गाउँपालिकमा १५ हजार ८ सय ११, विदुर नगरपालिकामा ४४ हजार ३ सय ७५, शिवपुरी गाउँपालिकामा २० हजार ४ सय २१ र सूर्यगढी गाउँपालिकामा १४ हजार ६ सय २९ जना मतदाता रहेको निर्वाचन कार्यलय नुवाकोटका निमित्त जिल्ला निर्वाचन अधिकारी रुद्रबहादुर सुसलिङले जानकारी दिनुभएको छ ।
    जिल्लाका मतदाता मध्ये महिला १ लाख १५ हजार ५ सय ९१, पुरुष १ लाख २३ हजार ९ सय ५१ र तेश्रो लिङ्गि ३ जना रहेका छन् । विसं २०७४ साल सम्ममा जिल्लाको मतदाता २ लाख ११ हजार ५ सय २३ रहेको थियो । विसं २०७५ सालमा ६ हजार ५ सय ३६, २०७६ सालमा ७ हजार ४ सय ६, २०७७ सालमा १ सय ८० र २०७८ सालको पुस मसान्त सम्म १४ हजार ६ सय २७ मतदाता थप भएको हो ।
    आसन्न निर्वाचनलाई मध्यनजर गरी नेपाल सरकारले मंसिर दोश्रो सातादेखि अभियान सञ्चालन गरेर स्थानीय तहको केन्द्रबाट नै फोटो सहितको मतदाता नामावली संकलन गरेकोे थियो । हाल जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयबाट मतदाता नामावली संकलन भइरहेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया