मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटमा करिव १४ हजार ५ सय जनसंख्या घटयो, वार्षिक वृद्धिदर –०.५१ प्रतिसत

    समिकरण २०७८, १३ माघ बिहीबार २०:३१ पढ्न लाग्ने समय 3 मिनेट

    विदुर । नुवाकोटमा करिव १४ हजार ५ सय जनसंख्या घटेको छ ।
    राष्ट्रिय जनगणना २०६८ अनुसार नुवाकोटको जनसंख्या २ लाख ७७ हजार ४ सय ७१ रहेको थियो । वुधवार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार जिल्लाको जनसंख्या २ लाख ६२ हजार ९ सय ८१ रहेको छ । जसमा पुरुष १ लाख २८ हजार ८ सय ४९, महिला १ लाख ३४ हजार १ सय ३२ रहेका छन् । अघिल्लो जनगणनाको तुलनामा जिल्लाको जनसंख्या १४ हजार ४ सय ९० ले घटेको हो । नुवाकोटको वार्षिक वृद्धिदर माइनस सून्य दशमलव ५१ (–०.५१) प्रतिसत रहेको तथ्यांक सार्वजनिक भएको छ ।
    जिल्लाको १२ स्थानीय तह मध्ये वेलकोटगढी नगरपालिकामा १७ हजार १ सय ३९ पुरुष र १८ हजार ६१ महिला गरी ३५ हजार २ सय, विदुर नगरपालिकामा २९ हजार ४३ पुरुष र ३१ हजार ६१ महिला गरी ६० हजार १ सय ११, दुप्चेश्वर गाउँपालिकामा १० हजार ४ सय ७३ पुरुष र १० हजार ५ सय ४६ महिला गरी २१ हजार १९, ककनी गाउँपालिकामा ११ हजार ९ सय ६९ पुरुष र १२ हजार ३ सय ५४ महिला गरी २४ हजार ३ सय २३ जनसंख्या रहेको छ ।
    यस्तै राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार किस्पाङ गाउँपालिकामा ६ हजार ९ सय २० पुरुष र ७ हजार २ सय २ महिला गरि १४ हजार १ सय २२, लिखु गाउँपालिकामा ८ हजार ६ सय ४६ पुरुष र ९ हजार ९१ महिला गरी १७ हजार ७ सय ३७, म्यागङ गाउँपालिकामा ६ हजार ८६ पुरुष र ६ हजार ३ सय ३१ महिला गरी १२ हजार ४ सय १७, पञ्चकन्या गाउँपालिकामा ६ हजार ७ सय ७१ पुरुष र ७ हजार ९३ महिला गरी १३ हजार ८ सय ६४ जनसंख्या रहेको छ ।
    यस्तै शिवपुरी गाउँपालिकामा ८ हजार १ सय १५ पुरुष र ८ हजार ८ सय ६४ महिला गरी १६ हजार ९ सय ८९, सूर्यगढी गाउँपालिकामा ७ हजार २ सय ५६ पुरुष र ७ हजार ६ सय ७३ महिला गरी १४ हजार ९ सय २९, तादी गाउँपालिकामा ७ हजार ९ सय ११ पुरुष र ८ हजार १ सय ४४ महिला गरी १६ हजार ५५ र तारकेश्वर गाउँपालिकामा ६ हजार ६ सय ७० पुरुष र ७ हजार ४ सय ९४ महिला गरी १४ हजार १ सय ६४ जनसंख्या रहेको छ ।
    यस्तै नुवाकोटमा ६५ हजार ३ सय ३४ घर संख्या र ६९ हजार १ सय ६० परिवार संख्या रहेको छ । जिल्लाको १२ वटा स्थानीय तह मध्ये वेलकोटगढीमा घर संख्या ९ हजार २ सय ४४ र परिवार संख्या ९ हजार ४ सय ६४, विदुरमा १३ हजार ९ सय ११ घर संख्या र १५ हजार ६ सय ४ परिवार संख्या, दुप्चेश्वरमा ५ हजार २३ घर संख्या र ५ हजार १ सय ९५ परिवार संख्या, ककनीमा ६ हजार १२ घर संख्या र ६ हजार ३ सय ८८ परिवार संख्या, किस्पाङमा ३ हजार ८ सय ५३ घर संख्या र ३ हजार ९ सय ६९ परिवार संख्या रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकमा उल्लेख गरिएको छ ।
    यस्तै लिखु गाउँपालिकामा ४ हजार ३ सय ७४ घर संख्या र ४ हजार ६ सय ४ परिवार संख्या, म्यागङमा ३ हजार ५ सय ९५ घर संख्या र ३ हजार ७ सय ५५ परिवार संख्या, पञ्चकन्या गाउँपालिकामा ३ हजार ५ सय ३९ घर संख्या र ३ हजार ६ सय २९ परिवार संख्या, शिवपुरी गाउँपालिकामा ४ हजार ७ सय ९५ घर संख्या र ४ हजार ८ सय ७७ परिवार संख्या, सूर्यगढीमा ३ हजार ७ सय ७६ घर संख्या र ३ हजार ८ सय ४२ परिवार संख्या, तादी गाउँपालिकामा ३ हजार ८ सय ६७ घर संख्या र ४ हजार ३१ परिवार संख्या र तारकेश्वर गाउँपालिकामा ३ हजार ७ सय ३५ घर संख्या र ३ हजार ७ सय ९२ परिवार संख्या रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकमा उल्लेख गरिएको छ ।
    राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार नुवाकोटको एक परिवारमा करिव ४ जना बस्ने गरेका छन् ।

    #घर परिवार

    फेसबुक प्रतिक्रिया