शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • कांग्रेस प्रवक्ताको जिम्मेवारी डाक्टर महतलाई

    समिकरण २०७८, २४ माघ सोमबार १४:४० पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी डाक्टर प्रकाशशरण महतलाई दिइएको छ ।
    कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार नेता महतलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । नेता महत केही समयअघि भएको कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएको थियो । उहाँले पार्टी सभापति देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिनु भएको थियो ।


    महाधिवेशनमा पराजित भए पनि उहाँलाई पार्टी सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको थियो । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा २५ को उपधारा (४) बमोजिम सभापती देउवाले डाक्टर महतलाई पार्टीको प्रवक्तामा नियुक्त गर्नुभएको हो । नेपाली कांग्रेस पार्टीलाई थप सुदृढ एवं गतिशिल बनाउन महत्वपूर्ण सहयोग र सक्रियताको लागि डाक्टर महतलाई प्रवक्तामा नियुक्त गरिएको सभापती देउवाले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया