मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • १ सय १४ बटुकको सामुहिक ब्रतबन्ध

    समिकरण २०७८, २४ माघ सोमबार १४:४९ पढ्न लाग्ने समय < 1 मिनेट

    बट्टार । विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह सस्कृत माध्यामिक विद्यालयले श्रीपञ्चमीमा हरेक वर्ष बटुकहरुको सामुहिक ब्रतबन्ध गराउदै आएको छ । विद्यालयको आर्थिक श्रोत बढाउन, हिन्दु धर्मको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र सस्कृत भाषाको संरक्षण गर्नको लागि विद्यालयले २०६० साल देखि सामुहिक ब्रतबन्ध गराउदै आएको हो ।
    विद्यालयले आयोजना गरेको सामुहिक ब्रतबन्धमा यस वर्ष १ सय १४ जना बटुकको कर्मकाण्ड गरिएको विद्यालयका प्रधनाध्यापक मञ्जु चित्रकारले जानकारी दिनुभएको छ । प्रत्येक बटुकबाट विद्यालयले ५ हजार रुपैयाँ लिएको थियो । पूर्बाङ्ग, ब्रतबन्ध गराउदा हुने खर्च, बटुकसँगै आएका अभिभावकको लागि समेत खानाको व्यवस्था विद्यालयले नै गर्दै आएको छ । यो वर्ष बटुकहरुसँग लिएको शुल्कबाट ५ लाख ७० हजार रुपैयाँ संकलन भएको छ । शुल्कसँगै भेटीबाट सङ्कलन भएको रकम खर्च कटाएर विद्यालय सञ्चालनको लागि खर्च गरिने प्रधानाध्यापक चित्रकारले बताउनुभएको छ ।

    सहिद जगतप्रकाशजंग शाह सस्कृत माध्यामिक विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकार ।


    विद्यालयले सामूहिक रुपमा आयोजना गरेको ब्रतवन्धले अभिभावहरूलाई संस्कृतिको नाममा हुने खर्चको बोझ हटेको बटुकका अभिभावकले बताएका छन् । घरमा गर्दा खर्च धेरै लाग्ने र अनेकथरीको बन्दोबस्ती गर्नुपर्ने भएकोले सहज तरिकाले सामुहिक ब्रतबन्धमा सामेल भएको लिखु गाउँपालिका –२ का तेजप्रसाद ढकालले बताउनुभएको छ । तत्कालको लागि छोराको ब्रतवन्ध घरमा नै गर्नलाई साइत नजुरेको कारण सामुहिक ब्रतवन्धमा सहभागी भएको उहाँले बताउनुभएको छ ।
    यस वर्ष १० वर्षदेखि २३ वर्षसम्मका बटुकहरुको ब्रतबन्ध गरिएको विद्यालयकी प्रधमनाध्यापक मञ्जु चित्रकारले बताउनुभएको छ । विद्यालयले वर्षेनी गर्दै आएको सामूहिक ब्रतवन्धको लोकप्रियता अभिभावकहरूमा मात्र नभई छिमेकी जिल्लाहरूमा समेत पुगेको छ । सामूहिक ब्रतबन्ध गर्न यो वर्ष नुवाकोट सहित, धादिङ, रसुवा र काठमाडौबाट बटुकको आगमन भएको विद्यालयले जनाएको छ ।
    २०५५ सालमा स्थापना भएको विद्यालयमा कक्षा १० सम्म पढाई हुदै आएको छ । यो शैक्षिक शत्रमा आवसीय रुपमा ३० जना विद्यार्थीले सस्कृत भाषामा पठनपाठन गरिरहेका छन् ।

    #फिचर

    फेसबुक प्रतिक्रिया