विदुर । नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशले झिल्टुक उपशाखालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
झिल्टुङ उपशाखाकका सभापती नवराज सुवेदीलाई प्रदेश महासचिव रामजी पौडेलले अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभएको हो । झिल्टुङ उपशाखाद्धारा संचालित एम्बुलेन्समा प्रयोग हुने गरि दुई थान अक्सिजन सिलिन्डर सहित अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश महासचिव रामजी पौडेलले जानकारी दिनुभएको छ ।
अक्सिजन सिलिन्डर सहित अन्य सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला शाखाका कार्यवहाक सभापती निरन्जनप्रसाद आचार्य लगायत शाखाका पदाधिकारी र सदस्यहरुको उपस्थित रहेको थियो । नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशले जिल्लामा रेडक्रस द्वारा संचालित सबै एम्बुलेन्सहरुलाई दुई वाट सिलिन्डर सहित स्वास्थ्य सामाग्री प्रदान गरिसकेको छ ।