मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • दूधको उपभोक्ता मूल्यमा वृद्धि

    समिकरण २०७८, २७ माघ बिहीबार १५:४३ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ ।
    दुग्ध विकास संस्थानको सञ्चालक समितिको बैठकले दूधको मूल्य बढाएर ८५ रुपैयाँ निर्धारण गरेको हो । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ रहेको थियो । बढेको नौ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको दुग्ध विकास संस्थानले जनाएको छ ।
    यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएर ५६ रुपैयाँ चार पैसा निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा थियो । मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी दुग्ध विकास संस्थानलाई दिएको थियो । (श्रोत उज्यालो अनलाइन)

    #अर्थ

    फेसबुक प्रतिक्रिया