मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • २ पालिकामा मात्रै कोरोना संक्रमित सून्य

    समिकरण २०७८, २७ माघ बिहीबार १६:५३ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटको २ वटा पालिकामा मात्रै कोरोना भाइरस संक्रमित सून्य रहेको छ ।
    स्वास्थ्य कार्यलय नुवाकोटको विहिवारको तथ्यांक अनुसार ककनी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकामा कोरोना भाइरस संक्रमित छैनन् । अन्य १० स्थानीय तह मध्ये विदुर नगरपालिकामा सबै भन्दा भढी संक्रमित रहेका छन् । विदुर नगरपालिकामा ६० जना, वेलकोटगढी नगरपालिकामा ५ जना, सूर्यगढी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र तारकेश्वर गाउँपालिकामा समान १÷१ जना, लिखु गाउँपालिकामा २४ जना, शिवपुरी गाउँपालिकामा २ जना, तादी गाउँपालिकामा ७ जना, किस्पाङ गाउँपालिकामा ६ जना र म्यागङ गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेका छन् ।
    जिल्लाका १ सय १० सक्रिय संक्रमित मध्ये अस्पतालको कोभिड वार्डमा १ जना, एच्डियुमा ३ जना, आइसियुमा २ जना र होम आइसुलेसनमा १ सय ४ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २० जना संक्रमण मुक्त भएका छन् भने थप १५ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट २२ जनाको नमुना परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय नुवाकोटका प्रशासन अधिकृत देवराज पोखरेलले बताउनुभएको छ । थप भएका संक्रमितहरुमा लिखु गाउँपालिकाका ७ जना, विदुर नगरपालिकाका ३ जना, वेलकोटगढी नगरपालिका र तादी गाउँपालिकाका समान २÷२ जना रहेका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया