मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • कमिटि विस्तारलाई तिव्रता दिदै अनेरास्ववियु

    समिकरण २०७८, २७ माघ बिहीबार १९:५३ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नुवाकोटले कमिटि विस्तारलाई तिव्रता दिइरहेको छ ।
    यसै क्रममा वेलकोटगढी नगरपालिका वडा नम्बर २ मा अवस्थित विरेन्द्र माध्यमिक विद्यालयमा विवेक न्यौपानेको अध्यक्षतामा कमिटि निर्माण गरिएको छ । कमिटिको उपाध्यक्षमा कृष्ण बानिया, दिक्षा तिमिल्सिना, रोशन तिमिल्सििना, सचिवमा सुजन तिमिल्सिना, सहसचिवहरुमा सर्मिला राई, सुगम न्यौपाने र रविन्द्र न्यौपाने र कोषाध्यक्षमा आकृति तिमिल्सिना चयन भएका छन् । कमिटिमा ४१ सदस्य रहेको जिल्ला कमिटी सचिव प्रशान्तजंग पाण्डेले जानकारी दिनुभएको छ । कमिटि विस्तार कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का पुर्व केन्द्रिय सदस्य रबिन्द्र न्यौपाने, जिल्ला कमिटी सचिव प्रशान्त जंग पाण्डे, जिल्ला सचिवालय सदस्य दिपिका तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।
    जिल्लाका करिव ३० वटा विद्यालय तथा क्याम्पसहरुमा (अनेरास्ववियु)को कमिटि निर्माण गरिएको जिल्ला कमिटी सचिव पाण्डेले जानकारी दिनुभएको छ । जिल्लाको सबै पालिकामा सक्रिय कमिटि निर्माण बनाउने अभियानमा रहेको उहाँले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया