
विदुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्यागङ गाउँ कमिटिको पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।
शनिवार देउरालीमा आयोजित एक कार्यक्रमका बिच उनीहरुले सपथ ग्रहण गरेका हुन् । कमिटिको अध्यक्षमा मेघनाथ तामाङ, उपाध्यक्षमा शेल्कर तामाङ र गंगामाया तामाङ, सचिवमा लालसिंह तामाङ, उपसचिवहरुमा रामबहादुर तामाङ, सुकबहादुर तामाङ र सोमबहादुर तामाङ चयन भएका थिए । गाउँ कमिटिमा ७५ सदस्य रहेको छ ।
सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डे, केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला इज्चार्ज बिन्दा ढुङ्गाना, नुवाकोट निवर्तमान अध्यक्ष तथा वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य नारायण प्रसाद खतिवडा, जिल्ला कमिटिका पूर्व सदस्य अनुजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका बक्ताहरुले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका सम्पूर्ण उम्मेदवारलाई विजयी बनाउन केन्द्रित हुनु पर्नेमा जोड दिएका थिए ।