विदुर । तादी गाउँपालिका वडा नम्बर १ काल्चेमा अवस्थित मंगलेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्र्याक सुट वितरण गरिएकोछ ।
मंगलवार एक कार्यक्रमका बिच काल्चे सोल्डरी सस्था फ्रान्सको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्र्याक सुट वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत १ सय ४६ जना विद्यार्थीहरुलाई एकएक जोर ट्र्याक सुट वितरण गरिएको काल्चे सोल्डरी सस्थाका सदस्य समेत रहनुभएका वडा अध्यक्ष नकुरदोङ तामाङले जानकारी दिनुभएको छ । करिव २ लाख ७५ हजार ४ सय रुपैयाँ बराबरको खर्चमा विद्यार्थीहरुलाई ट्र्याक सुट वितरण गरिएको काल्चे सोल्डरी सस्थाको सदस्य एवं वडा अध्यक्ष तामाङले जानकारी दिनुभएको छ । विद्यालयमा १ सय ६२ जना अध्ययनरत रहेका छन् । तर मंगलवार १ सय ४६ जना विद्यालयमा सहभागी भएका थिए । विद्यालयमा सहभागीहरुलाई मंगलवार ट्र्याक सुट वितरण गरिएको हो ।
काल्चे सोल्डरी सस्था फ्रान्सले यस अघि पनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्दै आइरहेको थियो । हाल कक्षा ५ सम्म अध्यापन हुदै आएको यस विद्यालयलाई काल्चे सोल्डरी सस्था फ्रान्सले मासिक रुपमा १५ हजार रुपैयाँ उपलव्ध गराउदै आइरहेको वडा अध्यक्ष नकुरदोङ तामाङले जानकारी दिनुभएको छ । उहाँको अनुसार उक्त रकम शिक्षकको तलवमा खर्च गर्ने गरिएको छ ।