शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • पासाङ ल्हामु राजमार्ग–फागुन १३ देखि अनिश्चित रुपमा आन्दोलनको गतिविधिलाई सञ्चालन गर्ने चेतावनी (अडियो सहित)

    समिकरण २०७८, ४ फाल्गुन बुधबार ०८:१३ पढ्न लाग्ने समय 2 मिनेट

    रानीपौवा । पासाङ ल्हामु राजमार्ग अन्र्तगत पर्ने काठमाडौँ – ककनी – रानीपौवा – पिपलटार सडक खण्डको स्तर उन्नतीको कार्य यथाशिघ्र सुचारु गर्न माग गर्दै आन्दोलित भएका स्थानीयहरुले फागुन १२ गतेसम्मलाई आन्दोलन रोकेका छन् ।

    उक्त सडक खण्डको आधा दर्जनभन्दा वढी स्थानहरुमा स्थानीयहरु जम्मा भएर आइतवार र सोमवार सडक अवरुद्ध गरेका थिए । बालाजु–ककनी–पीपलटार सडक खण्डको स्तरोन्नतीलाई पूर्णता दिनको लागि स्थानीयवासीले बारम्वार आन्दोलित हुदै आएका छन् । सडक स्तरोन्नती थालिएको ९ वर्ष पुग्न लाग्दा पनि प्रतिफल सून्य जस्तै रहेको छ ।
    आइतवार र सोमवार आन्दोलित भएका स्थानीय र गाउँपालिकाको कार्यलयले १२ गतेसम्ममा काम सुचारु नभएको खण्डमा १३ गतेदेखि अनिश्चित रुपमा आन्दोलनको गतिविधिलाई सञ्चालन गर्ने निर्णय गरिएको पासाङ ल्हामु राजमार्ग कालोपत्रे दबाब अभियानका संयोजक आदित्य श्रेष्ठले जानकारी दिनुभएको छ 

    पासाङ ल्हामु राजमार्ग निर्माण गर्नको लागि सैलुङ कन्स्ट्रक्सनले ठेक्का लिएकोमा हालसम्म उल्लेख्य काम गर्न नसकेको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाको भनाई छ । ककनी गाउँपालिकाले बारम्बार निर्माण कार्य अगाडी बढाउनको लागि लिखित तथा मौखिक रुपमा अनुरोध गरिरहे पनि सम्वन्धित निकायबाट सुनुवाई नभएको अध्यक्ष लामाले बताउनुभएको छ । सडकको दुरावस्थाको कारण आर्थिक, सामाजिक र पर्यटनको क्षेत्रमा तथा नागरिकको दैनिकीमा समेत अतुलनीय क्षती पुगेको उहाँले बताउनुभएको छ । फागुन १२ गतेसम्म निर्माण कार्य सुरु नभएमा १३ गतेदेखि काठमाडौँ महानगरपालिका लगायत १८ वटै स्थानीय तहको फोहोरका गाडीलाई ककनी गाउँपालिकाभित्र प्रवेसमा रोक लगाउने गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले चेतावनी दिनुभएको छ ।

    अडियो_ ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा


    साथै गाउँपालिकाले सडककको स्तरउन्नतीको कार्य सुचारु गर्न माग गर्दै भौतिक योजना तथा निर्माण मन्त्रालयलाई पत्र समेत पठाइसकेको छ । साथै सडक विभाग, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यलय काठमाडौँ, जिल्ला प्रशासन कार्यलय नुवाकोट, सडक सुधार तथा विकास योजना र बालाजु–त्रिशुली–छहरे–विदुर सडक आयोजनालाई समेत गाउँपालिकाले बोधार्थ पठाएको छ ।

    आइतवार र सोमबार सञ्चालित विरोध कार्यक्रममा स्थानीयहरुले ठेकेदारको लाइसेन्स खारेज गर, धितो जति जफत गर, नो रोड नो रोड, दलाल नेता होसियार, नेता निशेधित राजमार्ग जस्ता प्लेकार्ड सहित नारा लगाएर सडकमा प्रदर्शन गरेका थिए ।

    फोटो -सामाजिक सञ्जाल

    #अर्थ

    फेसबुक प्रतिक्रिया