मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • प्रेस चौतारी नुवाकोटको अध्यक्षमा श्रेष्ठ चयन, दबाब र प्रभाबमा नपरी पत्रकारीता पेशालाई अगाडी बढाउनु पर्नेमा जोड

    समिकरण २०७८, ५ फाल्गुन बिहीबार २०:५९ पढ्न लाग्ने समय 2 मिनेट

    विदुर । प्रेस चौतारी नुवाकोटको अध्यक्षमा नवदीप श्रेष्ठ चयन हुनुभएको छ ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोटको सभाहलमा विहिवार आयोजित छैठौं जिल्ला अधिवेशन मार्फत सर्वसम्मत रुपमा श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको हो । नेपाल पत्रकार महासंघ नुवाकोटको उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठ त्रिशुली खवर साप्ताहिकका सम्पादक र विभिन्न राष्ट्रिय सञ्चार माध्यममा कार्यरत हुनुहुन्छ । यस्तै प्रेस चौतारी नुवाकोटको उपाध्यक्षमा नुवाकोट एफ्एमका श्टेसन म्यानेजर श्रीराम अधिकारी र अर्थपथ डटकममा कार्यरत शुसिला लामिछाने, सचिवमा डबली खबरका सञ्चालक एवं सम्पादक सुनिल श्रेष्ठ, सहसचिवहरुमा नुवाकोट एफ्एममा कार्यरत पूजा तामाङ, त्रिशुली खबर साप्ताहिकमा कार्यरत कृष्ण अधिकारी र कोषाध्यक्षमा नुवाकोट अनलाइनका सञ्चालक केदार ढकाल चयन भएका छन् ।
    यस्तै सदस्यहरुमा कृष्ण ढुंगाना, किश्वर ओली, लोकबहादुर पुडासैनी र संगिता लामिछाने रहेका छन् । अधिबेशनले अनुजकुमार श्रेष्ठ र भैरवी ढुंगानालाई केन्द्रीय प्रतिनिधि र पुरुषोत्तम रिजाल, केदार ढकाल र सुशिला लामिछनेलाई प्रदेश प्रतिनिधि चयन गरेको छ ।
    प्रेस चौतारी नुवाकोटको छैठौं जिल्ला अधिवेशनलाई संवोधन गर्नुहुदै नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज विन्दा ढुंगानाले कोइकसैको दबाब र प्रभाबमा नपरी इमान्दारिताको साथ पत्रकारीता पेशालाई अगाडी बढाउन जिल्लाका सबै पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । यस्तै नेकपा एमाले जिल्ला अध्यक्ष वद्री मैनालीले निर्वाचनको समयमा स्वतन्त्र र निश्पक्ष रुपमा कलम चलाउन आग्रह गर्नुभएको छ । प्रेस चौतारीका उपमहासचिव हिरामान लामाले पत्रकारहरुको ठूलो संगठन चौतारी भएकोले आफ्ना सदस्यहरुलाई ब्यबसायिक बनाउनु आवस्यक रहेको बताउनुभएको छ । आगामी दिनमा महासंघमा अब्बल भुमिका खेल्ने गरी चौतारीमा आबद्ध पत्रकारहरु एकबद्व हुनुपर्ने उहाँको भनाई छ ।
    विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले ग्रामिण भेगमा रहेका सामान्य नागरिकको समेत सन्चार माध्यमबाट सत्य तथ्य समाचार तथा सुचना सुन्न, पढ्न र हेर्न पाउने अधिकार रहेको बताउनु भएको छ । त्यसको लागि सन्चार माध्यम सत्य तथ्य समाचार सप्रेशण गर्ने बिसयमा चुक्न नहुने मेयर पण्डितको भनाई छ । नकारात्मक विषय बस्तुलाई मात्र नभई भइ गरेका सकरात्मक पक्षलाई समेत समेटेर नागरिकलाई जानकारी गराउर्न उहाँले सबै पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।
    कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देवचन्द्र भट्ट, जिल्लाका सस्थापक अध्यक्ष शरणउत्सुक सापकोटा, अकोराबको बागमती प्रदेश सदस्य अनुजकुमार श्रेष्ठ लगायतले पत्रकारितालाई व्यवसायसँग जोड्नु आवस्यक रहेको भएका छन् ।
    यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ वागमती प्रदेश अध्यक्ष शिभ देवकोटा, पत्रकार महासंघ जिलला सचिव जगदीश खनाल, प्रेस युनियनका उपाध्यक्ष गमला लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया